सोमबार, बैशाख ०७, २०८३
प्रदेश र प्रतिनिधि सभा निर्वाचन : काभ्रेमा गठबन्धनले टुंग्यायो साझा उम्मेदवार

काभ्रे : मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि काभ्रेमा गठबन्धनको साझा उम्मेदवारहरुको टुङ्गो लागेको छ ।

काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं १ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सुर्यमान दोङ (लालध्वज) ले टिकट पाएका छन् । त्यस्तै प्रतिनिधि सभा क्षेत्र नं २ मा नेपाली काँग्रेसबाट शिव हुमागाईले टिकट पाएका छन् ।

त्यस्तै प्रदेश तर्फ १ (क) मा नेकपा माओवादी केन्द्रबाट रत्न ढकाल र १ (ख) मा नेपाली काँग्रेसबाट तिर्थ लामाले निर्वाचनका लागि टिकट पाएका छन् । यस्तै प्रदेशतर्फ २ (क) मा नेकपा एकिकृत समाजवादीबाट लक्ष्मण लम्साल र २ (ख) मा नेपाली काँग्रेसबाट कञ्चन चन्द्र बादेले टिकट पाएका छन् ।

आजै उम्मेदवारहरुले मनोनयन दर्ता गर्नेछ । मनोनयन दर्ता सुरु भइसकेको छ । धुलिखेल र पनौतीमा मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय राखिएको छ ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय