काभ्रेको प्रदेश २ (ख) मा गठबन्धनविरुद्ध नेकपा एसका हुमागाईँले दिए बागी उम्मेदवारी
आइतबार, आश्विन २३, २०७९ | २०:०४:२०

काभ्रे : मंसिर ४ गते हुने निर्वाचनका लागि काभ्रेको प्रदेशतर्फ २ (ख)मा गठबन्धनविरुद्ध नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष वसुन्धरा हुमागाईँले बागी उम्मेदवारी दर्ता गराएका छन् ।
सो प्रदेशसभामा गठबन्धनबाट कांग्रेसका कन्चन चन्द्र बादे उम्मेदवार चयन भएका थिए । जिल्ला अध्यक्ष हुमागाईले बादेविरुद्ध उम्मेदवारी दर्ता गराएका हुन् । बागी उम्मेदवारी दिएका हुमागाईँ बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्री हुन् ।