निर्वाचनमा मतदाता शिक्षाको आवश्यकता बारेमा एकाउन्टविलिटी ल्याबको अन्तरक्रिया कार्यक्रम
काभ्रे: प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा प्रभावकारी मतदाता शिक्षाको आवश्यकताको बारेमा काभ्रेपलाञ्चोक जिल्लाका सरोकारवाल निकायबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आज (बुधबार) एकाउन्टविलिटी ल्यावको आयोजनामा बनेपामा भएको छलफलमा नागरिक समाज, सुरक्षा निकाय तथा संचारकर्मीसँग निर्वाचनमा प्रभावकारी मतदाता शिक्षाको आवश्यकता बारेमा छलफल भएको हो ।
काभ्रेपलाञ्चोक जिल्लामा रहेका सकृय युवा पत्रकार, नागरिक समाज, गैससका प्रतिनिधी, विगतका निर्वाचनमा परीवेक्षण गरेका गैससका प्रतिनिधी सुरक्षा निकायका प्रतिनिधीको प्रत्यक्ष उपस्थितीमा एकाउन्टबिलिटी ल्याबको आयोजनामा छलफल कार्यक्रम गरिएको हो । छलफल तीन समुहमा विभाजन गरिएको र सबैले निर्वाचनका विषयमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा गैसस महासंघका केन्द्रीय सदस्य टोमप्रसाद सापकोटा, जिल्ला सचिव सुमन खड्का, ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी रेशम बोहोरा, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, अभियान्ता भेषराज दनुवार सहभागी थिए ।
त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयका उमेश थपलिया, पत्रकार ज्योति श्रेष्ठ, इन्द्र थापा, शिखर चौमौरिया, सुकदेव थपलिया, रोशन पौडेल, सुरज श्रेष्ठ, मणिराम दाहाल,अरबिद्र गौतम, लालध्वज तामाङ, राज तिमल्सिना लगायतले निर्वाचनमा प्रभावकारी मतदाता शिक्षाको आवश्यकताको बारेमा आफ्ना भनाईहरु राखेका थिए ।
सहभागीले निर्वाचन शिक्षा निर्वाचनको समयमा मत हाल्नेमात्रै नभएर समग्र प्रकृया रहेको बताए । निर्वाचनलाई यसलाई प्रभावकारी बनाउन सबैको साथ र सहयोगले मात्रै संम्भव रहेको र हल्ला फैलाउन पत्रकारिताको क्षेत्रले समेत भुमिका खेल्ने भएकाले आफू र आफ्नो पेसाप्रति जिम्मेबार हुन आवश्यक रहेको बताए ।
निर्वाचन भनेको भाँग्य र भविष्यको फैसला गर्ने एउटा आधार हो । तर निर्वाचन आउने वित्तिक्कै पत्रकार पत्रकार बन्दैन, नागरिक समाज दलको झन्डा बोक्ने कुरा विगतमा देखिएको बताएका थिए । नागरिकको घरसम्म नागरिक शिक्षा पु¥याउन दलले आवश्यक कुरा गर्र्दैन स्वयम नागरिक समेत सानो कुरामा बिक्ने, त्यसले हल्ला,अफवाह फैलन जान्छ त्यो प्रकाशभन्दा पनि तेज दौडने र वकराल रुप लिन सक्ने तर्फ सचेत रहन आग्रह गरेका छन् ।
संचारमाध्यममा पुष्टि विनाका समाचारले बाहुल्यता पाउने नहुने र यसले समग्र मतदान,मतपरिणामलाई समेत असर पार्न सक्ने तर्फ सबै सचेत हुन आवश्यक रहेको र पत्रकार सचेत बन्न्’ पर्ने बताए । समयमै आउने सूचनाले निर्वाचन अझ सुरक्षित बन्छ । तर सबैले आफ्नो भुमिका निर्वाह गर्न आवश्यक भने छ ।
एउटा निकायले मात्रै गरेर निर्वाचनमा सफल बन्न सक्दैन । फेक न्यूजले समेत अप्ठारो पार्न सक्छ । त्यसमा सबै चनाखो हुनुपर्छ । निर्वाचन शिक्षा नै निर्वाचनलाई सफल बनाउने आधार रहेको बताइएको थियो । मतदाता शिक्षा निर्वाचन आयोगको काम मात्रै नभएर सबैको प्रयासले मात्रै यो प्रभावकारी बन्ने बताए ।
हामीले विगतका निर्वाचनमा परिवेक्षकको काम गरेका र त्यसमा काभ्रे रेड जोनमा परेको जिल्ला भएकाले हामीले पूर्व तयारी आवश्यक रहेको बताए । सहभागीले पुर्वतयारीमा खासै चासो दिन नसकेको बताए । सामाजिक संञ्जालले अपवाह फैलाउन भुमिका खेलेका छन् । तर हामीले त्यसमा खासै चासो दिन सकेका छैनौ । निर्वाचनको महत्वको बारेमा आम नागरिकको चेतनास्तर बढाउनु नै यो समस्याको हल हो । प्रहरी, निर्वाचन आयोगको मात्रै जिम्मेवारी हैन ।
सबैभन्दा ठूलो कुरा भनेको निर्वाचनको निश्पक्षता हो । त्यसको आधार निर्माण प्रहरी, पत्रकार, नागरिक समाज र गैससले गर्ने हो । उनीहरुको भुमिकाले निर्वाचन सहज रुपमा अघि बढाउन मद्धत पुग्ने सहभागीले जोड दिएका थिए ।
कार्यक्रमको सहजीकरण केशवराज पौडेल र समन्वय रोजन तामाङले गरेका थिए ।