आइतबार, जेठ २४, २०८३
कात्तिक ४ गतेदेखि बाराही हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

काठमाडौं : यहीँ कात्तिक ४ गतेदेखि बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

स्थानीयमा कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुले मात्र यो शेयर खरीदका लागि आवेदन दिन सक्नेछन्।

न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्दै स्थानीयले आवेदन दिन सक्ने व्यवस्था छ ।  यो आईपीओ छिटोमा कात्तिक १८ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा मंसिर ४ गतेसम्म विक्री अवधि लम्बिनेछ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर बि माइनस रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । स्थानीयले विक्री प्रबन्धकसँगै एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका ताकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन् ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय