एसईई परीक्षा २०७९ को कार्यतालिका सार्वजनिक

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा २०७९ को कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसार २०७९ को चैत दोस्रो सातादेखि एसईई परीक्षा हुनेछ ।

त्यसको नतिजा २०८० को असार तेस्रो हप्ताभित्र प्रकाशन गरिने कार्यतालिका छ । परीक्षा सञ्चालन जिल्लारप्रदेशरपरीक्षा नियन्त्रण कार्यालयले संयुक्त रूपमा लिनेछ । त्यसको नतिजा प्रकाशन गर्ने काम चाही बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले गर्नेछ ।

माघको पहिलो हप्तामा परीक्षाको समय तालिका प्रकाशन गरिनेछ । प्रयोगात्मक परीक्षाको अंक र अयोग्य विवरण फागुन मसान्तभित्र पठाइसक्नुपर्नेछ । पुरक परीक्षा भने २०८० को साउन अन्तिम हप्तामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस