धुलिखेलको चाउमिन उद्योगमा आगलागी

काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका-४ स्थित तोलाङे टोलमा रहेको ‘ए वान नुड्ल्स एन्ड सस’ उद्योगमा आगलागी भएको छ । आज (शुक्रबार) बिहान ११ बजेबाट सुरु भएको आगोलागी झण्डै ३ घण्टा पछी निभाइएको हो ।

उद्योग भएको घरमा आगोलागी हुँदा लगभग २ करोड २५ लाख जतिको क्षति भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुण्डी राज न्यौपानेले जानकारी दिए । उनका भने आगोलागी भएको उद्योगमा झण्डै ३ घण्टा पछी नियन्त्रण आएको हो ।

आगोलागीबाट उद्योग रहेको घरको त्रेस्रो तलासम्म राखेका सामान सबै जलेर नष्ट भएको डिएसपी न्यौपानेले बताए । उनका अनुसार स्टक सामान ढोका, झ्याल लगायत अर्को एउटा ट्रसमा समेत क्षती पुर्याएको बताए । आगोलागिमा कुनै मानविय क्षती भएको छैन ।

डिएसपीका अनुसार ग्यास लिग भएर आगोलागी भएको हो । आगो नियन्त्रणको लागि धुलिखेल, बनेपा र भक्तपुरबाट दमकमसमेत मगाईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस