लालध्वजलाई जिताउने जिम्मा हाम्रो : सभापति लामा

काभ्रे । नेपाली काँग्रेस काभ्रेका सभापति तथा प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ (ख)का उम्मेदवार तिर्थ लामाले आगामी मंसिर ४ गते हुनगइरहेको आम निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्नलाई मतदान गरेर जिताउन आव्हान गरेका छन् ।

शनिबार (आज) गठबन्धनले आयोजना गरिएको पत्रकारसँग अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामाले यस्तो बताएका हुन् । निर्वाचनलाई आफूहरुले मैत्री पूर्ण प्रतिस्पर्धाको रुपमा लिएको बताउँदै लामाले राजनैतिक स्थिरता, संविधानको रक्षा र समृद्धिको लागि गठबन्धन गरेको प्रष्ट पारे ।

उनले प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्यमान दोङ (लालध्वज)लाई जिताउने जिम्मा पनि आफूहरुको भएको बताए । ‘अहिले विरामी हुनु भएको छ । जनताको घरदैलोमा पुग्न सक्ने अवस्था छैन ।’ उनले भने, ‘अब रत्नजी र मैले सबै जिम्मा लिन्छौं । उहाँ मंसिर ४ गतेसम्मै हिंड्न गाह्रो भएमछ भने पनि जिताएर ल्याउनेछौं ।’

उनले लालध्वजको प्रसंसा समेत गरे । ‘काभ्रेको माटोमा जन्मेको नेता हुनुहुन्छ । निस्कलंक व्यक्तित्व हुनुहुन्छ ।’ लामाले भने, ‘अब हामी जनताकोमा जान्छौं ।’ उनले नेता लालध्वजको स्वास्थ्य लाभको कामना समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस