गठबन्धनका उमेदवाहरू सक्षम र जवाफदेही छन् : नेता हुमागाई
काभ्रे । मिडियामा गलत प्रचार गरेर आफ्नो लाज छोप्ने काम यति बेला एमाले काभ्रेले गरिरहेका नेपाली काग्रेसका पूर्व केन्द्रीय सदस्य एवं यही मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ का उम्मेदवार आम काभ्रेली जनताका ढुकढुकी, विकास प्रेमी नेता शिव प्रसाद हुमागाईले बताएका छन् ।
आज शानिबार काभ्रेको बनेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै हुमागाईले भष्ट्रचारीको जिल्ला भनेर चिनीएको यस काभ्रे जिल्लाको वदनाम भईरहेको अवस्थामा भष्ट्रचार मूक्तका लागि मेरो उम्मेदवारी रहेको उनले बताए ।कार्यक्रममा पत्रकारहरुले उठाएको प्रश्नको जवाफ दिँदै काभ्रे क्षेत्र नं २ का उम्मेदवार शिव प्रसाद हुमागाईले केन्द्रबाट पार्टीको घोषणापत्र प्राप्त गरेसँगै जिल्लाका एजेण्डाहरु समेटिएको गठबन्धनको अवधारणा सार्वजानिक गर्ने बताए ।
जिल्लाका टोल–टोलका समस्याको विषयमा जानकारी राख्ने । आगामी निर्वाचनका लागि क्षेत्र तथा प्रदेशमा योग्य सक्षम स्वच्छ छवि भएका उम्मेदवारहरु गठबन्धको तर्फबाट प्रस्तुत गरिएको उनले दावी गरे । पत्रकारबाट गरिएको प्रश्न प्रति लक्षित गर्दै हुमागाईले जिल्लाको सडक, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा यस भन्दा अगाडि देखिनै सक्रिय रहेको बताए । विपक्षीहरुले विकास निर्माणका कामलाई मिडिया तथा सामाजिक संजालमा प्रचार गरेपनि फिल्डमा अवस्था जिउँका तिउँ रहने गरेको उल्लेख गर्दै आफुहरुले काम गरेपनि प्रचार नगरेको उल्लेख गरे ।
वि.पी राजमार्ग निर्माण, कोशीपारी सडक निर्माण, भक्तपुर नाला सडक , नमोबुद्ध पनौती लामाटार सडक, तेमाल सडक, कस्का पहलमा कहिले निर्माण भए ? काभ्रे उपत्यका खानेपानी बनेपाको बहुप्राविधिक शिक्षालय लगायतको निर्माणको इतिहास हेर्न उनले सुझाव थियो ।नेपाली काग्रेसका जिल्ला सभापति समेत रहेका प्रदेश सभा उम्मेदवार तिर्थ लामाले प्रविधिमैत्री समयको विकास भएको र त्यसकै प्रभावमा निर्वाचन हुने भन्दै लोकतान्त्रिक–बाम गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने बताए ।
आफ्नो क्षेत्रका प्रतिनिधि सभा उम्मेदवार सूर्यमान दोङ स्वास्थ्य समस्याका कारण स्वास्थ्यलाभ गरिरहनुभएको र दोङको मंसिर ४ अघि सम्म नै मतदाता माझ उपस्थिति नरहेपनि प्रदेश उम्मेदवारहरुको प्रयासबाटै विजयी गराउने दावी गरे । कार्यक्रममा उपस्थित नेकपा माओवादी तर्फका प्रदेश सभा उम्मेदवार रत्न ढकालले निर्वाचन क्षेत्र नं १ मा कुनै क्षेत्र भन्दा कम बजेट विनियोजन नभएको बताए ।
क्षेत्र नं १ मा विभिन्न महत्वका योजनाहरु संचालन भइरहेको उनको भनाई थियो । प्रादेशिक विश्व विद्यालय संचालन लगायत प्रदेशमा २ मल उत्पादन कारखाना संचालन हुने र ती मध्ये १ काभ्रेमै संचालन हुने । दोलखा ,सिन्धुपाल्चोक, काभ्रेको महाभारत खानीखोला हुँदै प्रदेश राजधानी हेटौंडा जोडने सडक निर्माण हुँदैछ ।
यी हाम्रा प्रयासमा भएका हुन । हामीले यस्ता थुप्रै योजनाहरु संचालन शुरुवात गरेका छौ । आफ्नो गाउँ र क्षेत्र निर्माण गरेर मात्र जिल्ला विकसित हुने बताउँदै ढकालले विकासका सम्पूर्ण पूर्वाधारका क्षेत्रहरु विकासका कार्य भइरहेका छन् र अब पनि यसलाई निरन्तरता दिइरहने उनको भनाई थियो ।
नेकपा एकीकृत समाजवादी तर्फबाट प्रदेशसभा उम्मेदवार लक्ष्मण लम्सालले गठबन्धन मुलुकको आवश्यकता भएको बताउँदै आफ्नो जनता प्रति गरेको वचाप्रति पार्टी र नेतृत्व हैसियत विमुख भए पछि गठबन्धनको आवश्यकता परेको उल्लेख गरे । कार्यक्रममा बोल्दै लम्सालले बाटो सांसद आफूले बनाउँदै हिडने होइन तर यो बाटो मैले बनाएँ, यो खोला मैले थुँने भन्ने जस्ता प्रचार बढि भएको उल्लेख गर्दै जनप्रतिनिधिको हैसियतमा पूर्वाधारका सबै क्षेत्रको विकासको लागि पहल आवश्यक पर्ने बताए ।
तर प्रदेशका तर्फबाट भएका कार्यलाई छायाँ पार्दै मिडियाबाजी गरेर अनावश्यक प्रचार गरेको उनको आरोप थियो । प्रदेश सभाको बजेटले पूर्वाधार निर्माण भइरहँदा पनि यो बजेट व्यवस्था भइसक्यो मैंले गरे भन्ने जस्ता कु–प्रचार गरेको भन्दै त्यस्ता नेतालाई पानी मैंले पारेँ भन्ने महादेवको संज्ञा दिए । प्रदेश सरकारको तर्फबाट खानेपानी, सडक लगायतका विषयमा उल्लेखनीय काम भए पनि महादेव बन्नेहरुको अनावश्यक चर्चाले सर्वसाधरणलाई भ्रममा पारेको बताए ।