बिकास के हो ? सबै वडामा पुगेर जवाफ दिन्सक्छु : मन्त्री ढकाल

काभ्रे । नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा प्रदेश सभा (काभ्र–१) (क)का उम्मेदवार रत्न ढकालले आफ्नो कार्यकालमा अर्बौंको बजेट आफ्नो कार्यक्षेत्रमा ल्याएको बताएका छन् । गठबन्धन दलहरुको आयोजनामा भएको पत्रकार सम्मेलनमा वागमती प्रदेशको युवा तथा खेलकुद मन्त्री समेत रहेका ढकालले यस्तो कुरा बताएका हुन् ।

‘२ नं. प्रतिनिधि सभा क्षेत्रमा जति हल्ला गरिएको छ, १ नं प्रतिनिधि सभामा उता हल्ला गरेको भन्दा कम छैन बजेट । लेखेर भन्छु कम छैन ।’ मन्त्री ढकालले भने, ‘अझ मेरो क्षेत्रमा ३६ वटा वडा पर्दछ, सबै वडामा पुगेर म जवाफ दिन्सक्छु ।’

उनले आफ्नो कार्यकालमा अरबौको खानेपानी योजना, करोडौंको सिंचाई, सिंचाईं, विद्युतिकरणको काम, शिक्षामा विशेष काम भएको बताए । साथै खेलकुद क्षेत्रमा आफूले काभ्रे भरिका कुनै पनि वडा बाँकी नराखेको बताए ।

आफू मन्त्री भएको डेढ बर्षको बिचमा बिकास र समृद्धिको योजना शुरु भएको समेत उनले बताए । आगामी निर्वाचनमा आफू निर्वाचित भएपछि गाउँपालिदेखि सदरमुकाम जोड्ने सडक ५ वर्षमा पिच गर्ने प्रतिबद्धता जाहेर गर्दै वडादेखि पालिका जोड्न सडकहरुमा बाह्रै महिना यातायात चल्ने बनाउने बताए ।

उनले अहिलेको राजनीतिक शक्ति सन्तुलनमा देशको समृद्धि र विकासका लागि गठबन्धन आवश्यकता भएको बताउँदै व्यवस्था फेर्न सहकार्य चाहिएकोले समृद्धिको लागि पनि सहकार्य आवश्यक रहेको बताए ।

‘गठबन्धन गर्नुको ३ वटा कुरा छ । संविधानको रक्षा, राजनैतिक स्थायीत्व, बिकास र समृद्धिको लागि हामी मिलेका हौं ।’ ढकालले भने, ‘ब्यबस्था फेरियो । यसको लागि सारथि बन्न सक्छ भने देशको बिकास र समृद्धिको लागि के हामी मिल्ने सक्दैनौं ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस