गठबंधन गर्नुहुँदैन भन्दै विपक्षले प्रोपोगन्डा मच्चाए : लम्साल
काभ्रे । नेकपा एकीकृत समाजवादी काभ्रेका प्रदेशसभा २ (क) का उम्मेदवार लक्ष्मण लम्साल बाम-लोकतान्त्रिक गठबन्धन नाजायज भन्ने विपक्षी दलको तर्क गलत भएको बताए । उनले नेकपा एकीकृत समाजवादीको क्षेत्रिय भेलालाई सम्बोधन गर्दै उम्मेदवार लम्सालले हाम्रा नेता कार्यकर्ताहरुलाई भड्काउनका लागि गठबंधन गर्नुहुँदैन भन्दै विपक्षले प्रोपोगन्डा मच्चाएको बताए ।
चियापसलमा बसेर अरूको पछाडि लागे भनेर आरोप लगाउनेहरु आफै राजावादीहरुसँग सति गई सकेको यथार्थलाई हाम्रा नेता-कार्यकर्ताहरुले बुझ्नु र अनावश्यक हल्लाको पछाडि नलाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।
विपक्षी प्रतिस्पर्धीहरुसँग अबका दिनमा कुनै नीति, कार्यक्रम र एजेण्डा नभएका कारण समाजमा भ्रम फैलाएर फाइदा उठाउन सकिन्छ भन्ने मानसिकताले अगाडि बढेको देखिन्छ । तर, हामीसँग काभ्रे जिल्लाको विकासको एजेन्डा छ, काभ्रेको विकास निर्माण र समृद्धिको महत्वपूर्ण योजना बाम-लोकतान्त्रिक गठबन्धनको हातमा रहेको उम्मेदवार लम्सालले बताए ।
उनले भने “त्यसैले विपक्षीहरु बाम-लोकतान्त्रिक गठबन्धनसँग डराएका हुन् । हामीसँग कुनै डर छैन। हामीलाई कुनै आरोप छैन। हामी कुनै मुद्दामा मुछिएको पनि होइन।” वामपन्थीहरूको एकलौटी सरकार पनि देखियो । त्यो सरकारले राम्रो काम गर्न सकेन । देशको संविधानमाथि गिद्दे नजर लगायो । संघीयता, धर्मनिरपेक्षता र जनताको न्याय माथी ठाडो कुठाराघात गर्यो । त्यसकारण अहिले लोकतान्त्रिक र वामपन्थीहरु बीच एजेण्डा र विचार दुवै मिलेर गठनबन्धन भएको उनले बताए ।