नेकपा एकीकृत समाजवादीको क्षेत्रीय भेला सम्पन्न
काभ्रे । नेकपा एकीकृत समाजवादी काभ्रेको क्षेत्र नं २ प्रदेश सभा १ को क्षेत्रीय भेला सम्पन्न भएको छ । भेला प्रमुख अतिथि नेकपा यसको केन्द्रिय सदस्य कृष्णप्रसाद उपस्थितिमा पाँचखालस्थित श्रीकृष्ण पार्टी प्यालेसमा भएको थियो ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुकाे परिचयात्मक तथा अगुवा कार्यकर्ता भेटघाटका लागि गरिएको थियो । कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर दुईका उम्मेदवार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाइँ, प्रदेशसभाका उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता लक्ष्मण लम्साल समानुपातिकतर्फ हरि गोपाल प्रधानाङ्ग, कल्पना श्रेष्ठ र दिल बहादुर तामाङ्गको उपस्थिति रहेको थियो ।
यस्तै नेकपा एकिकृत समाजवादीका जिल्ला सचिव गोकुल गौतम, जिल्ला सचिवालय सदस्य प्राणनाथ न्यौपाने, अनेरास्ववियुका जिल्ला अध्यक्ष तथा सचिवालय बदन कुमार भण्डारी लगायत जिल्ला कमिटी, पालिका कमिटी र वडा कमिटीका विभिन्न तह र तहमा रहेका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा भुम्लु गाउँपालिका मण्डनदेउपुर नगरपालिका, पाँचखाल नगरपालिका र धुलिखेल नगरपालिकाका नेता, कार्यकर्ता लगायत आम जनसमुदायको सहभागिता थियो ।