शनिबार, मंसिर २७, २०८२
उम्मेदवार लम्सालद्दारा गठबन्धन दलका नेता–कार्यकर्तासँग भेटघाट

काभ्रे । निर्वाचन नजिकिदै गर्दा काभ्रेका उम्मेदवारहरुले पार्टीका नेता–कार्यकर्ताहरुसँगको भेटघाटलाई तिब्रता दिन थालेका छन् । यसै क्रममा काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेश सभा १ का उम्मेदवार लक्ष्मण लम्सालले धुलिखेलमा गठबन्धन सम्बद्ध दलका नेता–कार्यकर्तासँग भेटघाट गर्न थालेका छन् ।

उम्मेदवार लम्सालले आज गठबन्धनमा आबद्ध दलका धुलिखेल नगरस्तरीय नेता तथा कार्यकर्तासँग भेट गरेका थिए । नेकपा (एकीकृत समाजवादी) का नेता लम्साल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुन् । भेटमा नेता कार्यकर्तासँगको भेटमा नेकपा एसबाट बन्द सूचीमा समानुपातिक उम्मेदवार हरि गोपाल प्रधानाङ्ग पनि सहभागि थिए ।

भेटमा नेपाली कांग्रेसका जिल्ला स्तरीय नेताहरु समेत सहभागि थिए । नेपाली कांग्रेस काभ्रेका जिल्ला कार्य समिति उपसभापति एवं निर्वाचन परिचालन कमिटीका संयोजक रमेश हुमागाई, सहसचिब समिर ब्याञ्जु, कांग्रेस नेता सुन्दरमणी आचार्य, धुलिखेल नगर कार्यसमितिका पदाधिकारी, माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष पृथ्वी थापा सहित पदाधिकारी, नेकपा (एस)का नगर कमिटी अध्यक्ष दयासागर श्रेष्ठ, सचिब यादव कोइराला लगायत दर्जनौ नेता कार्यकर्ता सहभागि भएका थिए ।

भोट माग्न मतदाताको घर घर पुग्नु अघि नगरस्तरीय गठबन्धनका नेता कार्यकर्तासँग भएको भेट निकै फलदायी भएको उम्मेदवार लम्सालले बताए । काभ्रे प्रतिनिधि सभा २ को प्रदेश सभा १ मा धुलिखेल नगरपालिकाको १ देखि ७ नम्बरसम्मका वडा पदर्छन् । लम्साल २०७४ साल मंसिर २१ गते सकिएको चुनावमा यही निर्वाचन क्षेत्रबाट बागमती प्रदेश सभामा विजयी भएका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय