
काभ्रे । नेपाली काग्रेसका निर्वतमान केन्द्रीय एवं प्रतिनिधि सभा २ का काभ्रेका उम्मेदवार काभ्रेली जनताका आशा र भरोसा विकास प्रेमी नेता शिव प्रसाद हुमागाईले बेथानचोक गाउँपालिकाका हरेक वडा र टोल टोलका समस्या भनेको हाम्रा आफ्नो समस्या भएको बताएका छन् । बेथानचोकमा आयोजित लोकतान्त्रिक बाम गठबन्धनको भेलामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
यस गाउँपालिकामा रहेका समस्याहरु अबका दिनमा हामीले पुरा गर्ने छौं । बाटोको समस्या रहेकाले यसलाई कालोपत्रे गर्ने छौं । यहा शैक्षिक स्तरका लागि र यहाँको विकासका लागि भोलिका दिनमा यहाँ अधुरा काम पूरा गर्ने म लगायत हामी लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट हुने विश्वास लिन उनले आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै नेता हुमागाईले काभ्रे जिल्लालाई भष्ट्रचारी जिल्लाको विल्ला लागिरहेको भन्ने उदाहरण बनिरहेको अवस्था काभ्रे जिल्लाको वदनाम होईन जिल्लाको नाम र विकासका लागि आफ्नो उम्मेदवारी रहेको समेत उनले बताए । हिजो झुठो आश्वासन दिए तपाईहरु सगँ मत लागेकाहरुको आजको अवस्था हेर्नुहोस् । भष्ट्रचार गरेर मिडियामा झुठा विकासका नारा लगाएर यतिबेला काभ्रेका अवस्था तपाईहरुले प्रष्ट देख्नु भएको छ यसमा महिले केही भनु छैन ।
विकासका नाम गरेर आफ्ना कार्यकर्तालाई भ्रमलुट गरेका छन् । आज ५ वर्ष बित्यो खै बेथानचोकमा कुन नयाँ आयोजना आएर जनताले सुख पाएका छन् उनले भने । यस देशमा भष्ट्रचार र भष्ट्रचारीको अत्यका लागि यस पटक लोकतान्त्रिक गठबन्धन गर्ने आवश्यक रहेको उनले बताए ।