बुधबार, पौष ०२, २०८२
मतदाता भन्छन : फेरी एक पटक लम्सालकै खाँचो छ

काभ्रे । काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा १ का उम्मेदवार लक्ष्मण लम्साललाई धुलिखेलका मतदाताले खास धन्यवाद दिएका छन् ।

मनोनयनपछि मतदाताको प्रारम्भिक आशय बुझ्न धुलिखेलका केही वडामा पुगेका लम्साललाई मतदाताले फेरी एक पटक सांसद भएको हेर्न चाहेका छन । लम्साल उम्मेदवार रहेको निर्वाचनमा क्षेत्रमा धुलिखेल नगरपालिकाको वडा नम्बर १ देखि ७ नम्बरसम्म पर्दछ ।

जहाँ लम्सालको पहलमा दर्जनौँ विकास निर्माणका योजना सम्पन्न भएका छन । धुलिखेल वडा नम्बर ४ र ५ मा विभिन्न सडकको कालोपत्रे र ढलान गरिएको छ । सिंचाई र ढल निकासमा पनि लम्सालको योगदान छ । सडक कालोपत्रे भएपछि धुलोबाट सर्वसाधरणले मुक्ति पाएका छन ।

लम्सालले भेटेको अधिकांश मतदाताले आफुहरुले यस्तै विकासको नेतृत्व गर्ने नेता खोजेको भन्दै फेरी एक पटक सांसद भएर अधुरा काम पुरा गर्न सुझाव दिए । लम्सालले आफ्नो पाँच वर्षे कार्यकालमा कुनै विवादमा आउने काम गरेनन् । जनताकै कुरा सुन्ने । उनीहरुको योजनामा बजेट ल्याउन प्रयास गर्नमा लम्सालले आफ्नो पाँच वर्ष खर्च गरे ।

आफ्नो दल र अरुको दल भनेर कहिल्यै पनि विभेद गर्ने काम यो पाँच वर्षमा गरेनन् । त्यसैको फलस्वरुप मतदाता उनको पक्षमा खुलेरै लागेका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय