काभ्रे-२ मा गठबन्धनका उम्मेदवारको टोली घरदैलोमा

काभ्रे । प्रतिनिधी सभा क्षेत्र नं २ मा पनि लोकतान्त्रिक–बाम गठबन्धनले भुम्लु गाउँपालिकाको वडा नं १ सापिङबाट घरदैलो अभियान शुरु गरेको छ । प्रतिनिधी सभा क्षेत्र नं २ का उम्मेदवार शिवप्रसाद हुमागाई, प्रदेश सभा २ (क) का उम्मेदवार लक्ष्मण लम्साल समानुपातिक उम्मेदवार माओवादी केन्द्रका मिना तामाङ, रुकु चौलागाईसहितको टोलीले घरदैलो अभियान शुरु गरेका हुन् ।

स्थानीयको अपेक्षा सुनेपछि प्रतिनिधी सभा सदस्य उम्मेदवार हुँमागाईले एमालेले आस्वासन मात्रै दिएर बाँकी रहेको काम आफूले पूरा गर्ने बताए । भूम्लुका जनताको समस्या आफ्नो समस्या भएको भन्दै उनले लोकतान्त्रिक–बाम गठबन्धनले समाधान गर्ने बताए । प्रदेश सभा २ (ख)ले पनि बेथानचोक गाउँपालिकामा घरदैलो र भेटघाट गरेको छ । प्रतिनिधी सभा क्षेत्र नं २ का उम्मेदवार हुमागाईसहित प्रदेश सभा २ (ख)का उम्मेदवार कञ्चनचन्द्र बादे, संविधानसभा सदस्य रहेका एकिकृत समाजवादीका पोलिट्व्युरो सदस्य कृष्णप्रसाद सापकोटा, विदुरप्रसाद सापकोटा, माओवादी केन्द्रका मिना तामाङ, समानुपातिक उम्मेदवार भोला अर्याल, सुरकृष्ण बैद्य, कांग्रेस नेता इन्द्रमणि अधिकारी, अच्युतप्रसाद पौडेल, प्रेमबहादुर तिमल्सिना लगायत गठबन्धनका नेताहरुले संविधानको रक्षाको लागि गठबन्धनलाई जिताउनुपर्ने बताए ।

२ प्रतिनिधी सभा निर्वाचन क्षेत्र र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको काभ्रेमा राजनीतिक दल र स्वतन्त्र गरी ६४ जना उम्मेदवार छ । प्रतिनिधी सभा क्षेत्र नं १ मा ३५ जना र प्रतिनिधी सभा क्षेत्र नं २ मा १६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा सदस्य (क) का लागि ९ जना र प्रदेश सभा सदस्य (ख) का लागि ९ जना उम्मेदवार छन् । प्रतिनिधि सभा क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा सदस्य (क) का लागि ६ जना र प्रदेश सभा सदस्य (ख) का लागि ७ जना उम्मेदवार रहेको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

लोकतान्त्रिक–बाम गठबन्धनबाट ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार बनेकाहरु संसदीय क्षेत्रमा अनुभवी छन् । गठबन्धनको मत, संविधानको रक्षा र शान्ती, सुशासन र विकासको लागि काभ्रेली मतदाताले गठबन्धनलाई मतदान गरी जिताउने अपेक्षा गरेका छन् । नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य तथा सांसद समेत रहेका हुमागाईंले घरदैलो कार्यक्रममा अधुरा काम आफूले पूरा गर्ने बताएका छन् । निर्वाचन आयोगका अनुसार यही कात्तिक १७ गतेसम्म २५ जनाको सङ्ख्यामा उम्मेदवारले घरदैलो गर्न पाउने छन् । आयोगको आचारसंहिता अनुसार आफू घरदैलोमा केन्द्रीत रहेको हुमागाईंले जानकारी दिए ।

‘अहिले केही साथीसहित घरदैलोमा व्यस्त भएको छु, तिहार अघि आफ्नो क्षेत्रमा घरदैलो सक्ने योजना छ, त्यसपछि आयोगका अनुसार कात्तिक १८ गतेदेखि चुनावी सभामा केन्द्रीत हुनेछौँ ।’, हुमागाईंले भने । यस्तै यस क्षेत्र अन्तर्गतका दुई प्रदेशमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका प्रदेशसभा (क) मा नेकपा (एकीकृत समाजवादी)का लक्ष्मण लम्साल र प्रदेशसभा क्षेत्र (ख)मा कांगे्रसका कञ्चनचन्द्र वादेपनि घरदैलोमै ब्यस्त छन् ।

‘मेरो क्षेत्रका स्थानीय गठबन्धनका उम्मेदवारप्रति निकै उत्साही देखिएकाले गाउँमै बसेर टोलटोलमा भेटघाट भइरहेको छ ।”, लम्सालले भने ।
हुमागाईसँग भने नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाको प्रतिस्पर्धा हुनेछ । बाँस्कोटा पनि आफ्नो निर्वाचन क्षेत्र केन्दीत कार्यक्रममै छन् । यस प्रतिनिधिसभा क्षेत्रअन्तर्गत प्रदेशसभा ‘क’ र ‘ख’ मा गठबन्धनसँग मुख्य प्रतिस्पर्धीको रुपमा एमालेका कुमार खकुरेल र कुमार थापा छन् । खकुरेल र थापा पनि हाल घरदैलोमै ब्यस्त देखिन्छ ।

काभ्रेपलाञ्चोकमा छ पदका लागि ६४ ले उम्मेदवारी दर्ता गराएका छन् । यसमध्ये दुई महिला र एक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार हाल काभ्रेपलाञ्चोकमा ३१ दल क्रियाशील छन् । जिल्लाका एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी कूल तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्ने छन् । एक सय ९० वटा मतदानस्थलका तीन सय ८९ मतदान केन्द्र तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस