उम्मेरद्वार लामा र ढकाल घरदैलोमा कार्यक्रममा ब्यस्त

काभ्रे । आगामी मंसिर ४ गते हुने आम निर्वाचन नजिकिदै गर्दा काभ्रेका विभिन्न क्षेत्रका उम्मेदवारहरु घरदैलो अभियानमा निस्किेका छन् । निर्वाचन आयोगले आगामी कार्तिक १८ गतेसम्मसभा गर्न रोक लगाएपछि गाउँघरमा जनभेटघाट अभियान थालेको हो ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितको लोकतान्त्रिक–बाम गठबन्धनले बिहिबारबाट चुनावी घरदैलो अभियान थालेको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन मिति नजिकिएसँगै गठबन्धनले घरदैलो, भेटघाट, भेला, बैठकलाई तिव्रता दिएका हुन् ।

प्रतिनिधी सभा क्षेत्र नं १ अन्तर्गतको प्रदेश सभा (क) र (ख) दुबै क्षेत्रमा घरदैलो शुरु भएको छ । प्रदेश सभा क्षेत्र न १ (क) मा नमोबुद्ध ३ र ४ बाट जनता भेटघाट कार्यक्रम शुरु भएको छ । प्रदेश सभा १ (क) का प्रत्यक्ष उम्मेदवार रत्नप्रसाद ढकाल, समानुपातिकतर्फका उम्मेदवार एकिकृत समाजवादीका येशु लामा, पासाङ डोल्मो लामासहितको टोलीले भेटघाट थालेको हो । प्रत्यक्षतर्फका उम्मेदवार ढकालले अघिल्लो पटक निर्वाचित भएपछि सो क्षेत्रको विकासको लागि योगदान गरेको भन्दै फेरी त्यो अवसर दिनको लागि अनुरोध गरे ।

प्रदेश सभा क्षेत्र नं १ (ख) मा वडा नं ५ शिसाखानीबाट घरदैलो शुरु भएको प्रदेश सभा निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका कांग्रेस क्षेत्रीय सभापति चन्द्रबहादुर लामाले जानकारी दिए । सो क्षेत्रमा गठबन्धन दलका तर्फबाट कांग्रेस उम्मेदवार तिर्थबहादुर लामा लगायत गठबन्धन आवद्ध दलका नेता कार्यकर्ताहरुले घरदैलो थालेका हुन् । प्रत्यक्षतर्फका उम्मेदवार लामाले गठबन्धनको पक्षमा राम्रो माहोल देखिएको भन्दै आफू उत्साहित भएको बताए । सो क्षेत्रले कार्यतालिका नै सार्वजनिक गरेर घरदैलो अभियान शुरु गरेको छ ।

घरदैलो अभियानमा उम्मेदवारद्वय ढकाल र लामाले गठबन्धनको औचित्य र आगामी योजनाकोबारेमा धारणा राखेका थिए । ढकाल माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री हुन् भने लामा नेपाली काँग्रेस काभ्रेका जिल्ला सभापति तथा संविधान सभा सदस्य हुन् ।

ढकालले एमालेका दिलिप लामासँग र लामाले एमालेकै चन्द्र लामासँग प्रतिस्पर्धा गर्दैछन् । त्यसैगरि प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ का गठबन्धनका साझा उम्मेदवार सूर्यमान दोङ (लालध्वज) भने स्वास्थ्य समस्या भएकोले अभियानमा लाग्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस