काभ्रे । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ का बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता शिव प्रसाद हुँमागाईले कोशिपारिको समग्र विकासको जिम्मा अब बन्ने बामलोकतान्त्रिक गठबन्धनको सरकारले लिने बताए । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको वडा नं. ४ स्थित चौवासमा बाम–लोकतान्त्रिक गठबन्धनले आज आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा अन्तक्र्रिया’ कार्यक्रममा सम्बोधन गर्दै उनले विकासका पूर्वाधारको जग बसालिसकेको हुनाले अन्य आवश्यक विकास योजना अब बन्ने सरकारले जिम्मा लिने बताए ।
चौबासमा पर्यटकीयस्थलको रुपमा विकास गर्न होटल रिसोर्ट चलाउन आवश्यक छ भनेर धेरै अगाडी कल्पना गरेको भएपनि मोटरबाटो, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका पूर्वाधार नबेनका कारण विकास हुन नसकेको बताउँदै उहाँले अब आवश्यक थप पूर्वाधार निर्माण गर्नेदेखि विकासको लागि बाम लोकतान्त्रिक गठबन्धनले जिम्मा लिने बताए । ‘पाँच बर्षका कार्यकालमा यो क्षेत्र काभ्रेको उत्कृष्ट पर्यटकीय केन्द्र बन्नका लागि सबै प्रकारको भौतिक पूर्वाधार निर्माण हुनेछ ।’ उनले भने, ‘जसबाट यहाँ उत्पादन हुने तरकारीदेखि साना–साना पसल राखेर आयआर्जन गर्न पाउने भएपछि यहाँका नागरिकको आर्थिक स्तरमा बृद्ध भई गाउँको मुहारमा समेत परिवर्तन आएको महसुश हामी गराउँछौं ।’ उनले जनताको समस्याको भारी बाम–लोकतान्त्रिक गठबन्धनले बोक्न तयार रहेको बताए ।
सो क्रममा बोल्नुहुँदै उनले व्यवस्था परिवर्तन गरेपनि जनताको अवस्था परिवर्तन गर्न नसकेपनि विकासको जग बसालिसकेको हुनाले अब त्यसको पूर्णता दिने काममा आफुहरु तयार रहेको बताए । त्यसको लागि गठबन्धन दललाई विजयी गराउन आम मतदाताहरुलाई उनले आग्रह गरे । ‘गाउँमा कुनै पेशा व्यवसाय नभएको कारण युवाहरु विदेशीन बाध्य भएकोले अब गाउँमा नै बसेर आर्थिक उपार्जन गर्ने अवस्थाको सिर्जना गठबन्धन सरकारले गर्नेछ ।’ उनले भने ।
कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनका प्रदेश सभा १ का साझा उम्मेदवार एवं नेकपा (एकीकृत समाजवादी) का नेता लक्ष्मण लम्साल, नेकपा (माओवादी केन्द्र)का नेता तेजबहादुर मिजार लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा त्यहाँका स्थानीय बासिन्दाले चौबासडाँडाबाट जिल्लाको कोशिपारि, तेमाल, धुलिखेल, सिन्धुपाल्चोक, दोलखा लगायतका स्थानहरु सजिलै देख्न सकिने भएकाले दुश्याबलोकन स्तम्भ निर्माण गरी पर्यकीयस्थलको रुपमा विकास गर्न आग्रह गरेका थिए ।
आम जनताको विकास निर्माणको चाहनालाई पूरा गर्ने काम अब बन्ने बाम लोकतान्त्रिक सरकारले लिने भएकाले त्यहाँका रहेको डाँडामा दृश्यावलोक स्तम्भ राख्नेदेखि चौबास क्षेत्रको समग्र पर्यटकीय विकासको लागि आवश्यक पर्ने विकास निर्माणका पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । बाम लोकतान्त्रिक गठबन्धनको शुभकामना आदान प्रदान तथा अन्तक्र्रिया कार्यक्रममा अन्तर्गत विहीवारबाट जिल्लाको कोशिपारिस्थित भुम्लु गउँपालिकाबाट शुरु भएको कार्यक्रम आज वडा नं. ३ को बेखसिम्ले र वडा नं. ४ को चौबासमा कार्यक्रम सम्पन्न गरेको छ ।



















