सोमबार, बैशाख ०७, २०८३
‘जनताको चाहनालाई पूरा गर्ने काममा चट्टान भएर उभिन्छौं’

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार शिव प्रसाद हुमागाईं र प्रदेश सभा सदस्यका साझा उम्मेदवार लक्ष्मण लम्सालले जनताको चाहना र मुलुकको अग्रगामी परिवर्तनको लागि आफुहरु चट्टान भएर उभिने बताएका छन ।

भुम्लु गाउँपालिकाको वडा नं. ५ स्थित सल्लेमा आज भएको लोकतान्त्रिक बामगठबन्धनले ‘शुभकामना आदान प्रदान तथा अन्तक्र्रिया’ कार्यक्रममा बोल्नुहुँदै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार शिव प्रसाद हुँमागाईंले सांसदको काम नीति निर्माण र विधि विधान हेर्ने जिम्मेवारी रहेपनि नेपाल जस्तो विकासोन्मुख देशमा जनताको पिर, मर्का र आवश्यक्तालाई समेत पूरा गर्नेतर्फ लाग्नु पर्ने भएकाले त्यसमा कुनै कमि आउन नदिने बताए । सो क्रममा उहाँले भुम्लुका लालपूर्जा विहीन नागरिकहरुको समस्या आमसमस्या भएकाले त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको बताए । त्यसमा भूमिहिन नागरिकको हातमा पूर्जा उपलब्ध गराउने काममा आफु गम्भिर भएर लाग्ने बताए ।

कार्यक्रममा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा १ का लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार लक्ष्मण लम्सालले यसअघि जनताको नजरमा यो वा त्यो शिर्षकमा विकास योजना सम्पन्न ग¥यो भनेर प्रचार गर्नेहरुलाई जनताको घर अगाडी कसले कत्तिको काम ग¥यो भनेर सोध्न आग्रह गरे । ‘जिल्ला सदरमुकाममा बसेर सामाजिक सञ्जाल र दुई÷चार वटा अनलाईनमा समाचार लेखाउँदैमा गाउँका जनताले विकासको अनुभूति गर्न पाएका हुँदैनन् ।’ उनले प्रचारबाजीमात्रै गर्नेहरुलाई इंगित गर्दै भने, ‘विकास हेर्न आफुले प्रतिनिधित्व गरेको क्षेत्रमा आउन आग्रह गर्दछु ।’ अब अर्को बर्षमा भुम्लुको मुख्य सडकहरुको अवस्था हेर्न र कोशिपारिको जनताको जीवनस्तरमा आएको परिवर्तन हेर्न आउन आग्रह गरे ।

सो क्रममा उनले राष्ट्रको स्थितरता र जनताको समृद्धिको लागि कांग्रेस र कम्युनिष्ट पार्टीहरुबीच गठबन्धन गरेर अग्रगमनको बाटोमा अगाडी बढेको बताए । कार्यक्रममा समानुपातिक उम्मेदवार रूकु चौलागाईं, कल्पना श्रेष्ठ, मिना तामाङ, लक्ष्मी दनुवार र शान्ता क्षेत्री लगायतको सहभागी रहेको छ । त्यसैगरी गठबन्धनका स्थानीय र जिल्ला स्तरीय नेताहरु सहभागी रहेको कार्यक्रममा मतदातासँग उम्मेदवारहरूले गाउँको विकास गर्ने प्रतिबद्धता जनाएका छन् । लोकतान्त्रिक बाम गठबन्धनले केहीदिन अगाडीदेखि कोशिपारिको भुम्लु गाएँपालिकाका नागरिकसंग शुभकामना आदान प्रदान तथा अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय