‘लालध्वज’ नामै काफी

माओवादी जनयुद्धको जगमा सम्पन्न २०६२/६३ को जनआन्दोलनपछि पुनस्र्थापित प्रतिनिधिसभाको सदस्यमा उनी चयन भएका थिए । २०६४ सालमा सम्पन्न संविधानसभा सदस्य निर्वाचनमा २८ हजार ८ सय मत ल्याइ विजयी भएका लालध्वज डा. बाबुराम भट्टराई पछिको लोकप्रिय मत ल्याउनेमा पर्छन् ।

सोही क्रममा २०६८ सालमा उर्जा राज्यमन्त्री समेत भएका उनले उर्जा क्षेत्रमा निक्कै विकास गरेका छन् । २०७० सालमा सप्पन्न संविधान सभा निर्वाचनमा भने झिनो मतले पराजित भएका थिए । संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन–२०७४ मा भने उनी उम्मेदवार बनेनन् तर आफ्ना पार्टीको उम्मेदवारलाई जिताउन उनले पार्टी जिल्ला इन्चार्जको हैसियतले भूमिका खेले । उनको कुशल नेतृत्वकै कारण वाम गठबन्धनका सबै उम्मेदवारहरुले काभ्रेको सबै क्षेत्रमा जीत हाँसिल गर्न सफल भयो ।

काभ्रेमा समृद्धिको जग बसाल्ने लालध्वज
माओवादी जनयुद्धकै बेला पनि लालध्वजको नेतृत्वमा विकासको पूर्वाधारको जग निर्माण गरिएको थियो । सडक निर्माण देखि शिक्षा र बिजुलीसम्मको कार्य उनकै नेतृत्वमा भएको थियो । ग्रामिण क्षेत्रको कष्टकर जीवनलाई सहजमा बदल्न उनले भूमिगत कालमा समेत धेरै काम गर्न खेजे ।

सहिद मार्गको नामाकरण गरेर उनकै नेतृत्वमा जनमुक्ति सेनाले मकवानपुरको भोर्लेनी देखि महाभारतको घर्तिछापसम्म सडक निर्माण युद्धकालमै निर्माण गरेको थियो । त्यस्तै विभिन्न ठाउँमा भत्केको विद्यालय भवन समेत उनकै नेतृत्वमा जनमुक्ति सेनाले निर्माण गरेको थियो । काभ्रेको तेमालमा विद्युतिकरणको योजनाकार र पहलकर्ता नै लालध्वज थिए । भूमिगत कालमा समेत जनतालाई अन्धकारबाट हटाएर उज्यालो दिन चाहने नेता लालध्वजकै कारण आज तेमालबासी उज्यालोमा छन् ।

जनप्रतिनिधि भइसकेपछि विकास र समृद्धिको अभियानमा लाग्न झन सहज भयो । मुख्यतः ग्रामिण क्षेत्रलाई सडक र विद्युतसँग कसरी जोड्ने भन्ने चिन्ता उनमा थियो । सोही अनुसार उनले विकट क्षेत्रको रुपमा परिचित डाँडापारी क्षेत्र र कोशिपारी क्षेत्र, अनि तेमाल र रोशी क्षेत्रमा सडक निर्माणको पहल नै उनले गरे । साविकको सबै गाविस छुने गरि सडक सञ्जालको जग बसाल्ने शुरुवात कर्ता नै लालध्वज हुन् ।

खोपासी तालढुंगा सडक निर्माण अलपत्रमा थियो । उनकै सचेत पहलमा आज व्यवस्थित भएको छ । दोलालघाटदेखि कोशिपारी क्षेत्रको भुम्लु हुँदै वाङथली, ढाँडखर्क भञ्ज्याङ, बिर्तादेउराली–कात्तिके देउराली सडक, ढाँडखर्क देखि माझीफेदा हुँदै नाग्रेगगर्चेसम्मको सडक निर्माणको पहल लालध्वजले नै गरेका थिए । तेमाल र रोशी क्षेत्रमा समेते सडकहरु निर्माणकार्यको शुरुवात उनले नै गरेका थिए ।

काकाकुल तेमालका लागि स्वच्छ खानेपानीको व्यवस्था गर्ने योजनाकार समेत लालध्वज हुन् । उनकै परिकल्पना र पहलमा आएको तेमाल बृहत खानेपानी योजना हाल अन्तिम चरणमा पुगेको छ । साथै तेमालमा तामाङ संग्रहालय निर्माण समेत शुरुवात भइसकेको छ । अन्य क्षेत्रमा खानेपानी, विद्यालय भवन निर्माण लगायतका कार्यहरु भएको छ ।

लालध्वजः नामै काफी
गठबन्धन दलहरूको साझा उम्मेदवारको रुपमा लालध्वजलाई पार्टीले उभ्याएको छ । जनता प्रति इमान्दार, राष्ट्र प्रति वफादार र युवाहरुको ढुकढुकीको रुपमा आफूलाई उभ्याउदै आएका उनलाई मन नपराउने सायद कोही पनि छैनन् ।

बालकालिकादेखि ज्येष्ठ नागरिकसम्मको प्यारो नेताको रुपमा जिल्ला भरि चिन्दछ उनलाई । समस्याको उपायको पर्याय बनेको लालध्वज काभ्रेको प्रभावशाली नेताको रुपमा परिचित छ ।  राजनीतिक रुपमा विभेद नगर्ने समान रुपमा व्यवबहार गर्ने नेताको रुपमा उनी काभ्रेमा स्थापित छ । आगामी निर्वाचनमा विजयी हुने आधार नै जनताको उनी प्रतिको विश्वास र अपेक्षा हो । सिधै अध्यक्ष प्रचण्डसँग सम्बन्ध भएको काभ्रेको नेताको रुपमा उनलाई चिनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस