जनताले अनुभुति गर्ने हिसाबले काम गरेको छु : युवानेता चन्द्र लामा
काभ्रे । युवाका ढुकढुकी प्रदेश सांसद तथा केही समयको लागि प्रदेशको मन्त्री तथा नेकपा एमाले काभ्रेका उपाध्यक्ष चन्द्र लामाले आफ्नो पाँच बर्षको कार्यकालमा जनताले प्रत्यक्ष अनुभुति गर्ने हिसाबले काम गरेको बताएका छन ।
नेकपा एमालेबाट पुनः प्रदेश सभाको उम्मेदबार बनेका लामाले पाँच बर्षमा हरेक टोल बस्तीले अनुभुति गर्ने विकास गरेको बताए । उनले आफूले कहाँ कसरी विकास गरेको छु सबै मतदातासँग उहाँहरुकै आँगनमा पुगेर भन्न सक्ने बताए ।
पक्की सडक, पुल, विद्यालय, स्वास्थ्य चौकी, सडक स्तरोन्नती, गुम्बा, पार्टी निर्माणमा जनताको माग अनुसार आफूले विकास निर्माण गरेको उनले बताए । उनले आफूले पाएको जिम्मेवारी इमान्दार पूर्वक पुरा गरेको र सकेसम्म गुनासो हुन नदिने किसिमले समानुपातिक विकास गरेको दाबी गरे ।
पहिलो कार्यकालमा सुरु गरेका योजनालाई पुरा गर्न आफूले उम्मेदबारी दिएको बताउँदै उनले आफूले जनताको मागलाई सदैव पुरा गर्ने बताए । अघिल्लो पटकजस्तै यो पटक पनि जनताको माया पाएर पुनः सेवा गर्ने मौका आफूले पाउने बताउँदै उनले विकासको पक्षमा रहेका जनताको साथ र सहयोग पाउनेमा ढुक्क रहेको बताए । हुन पनि उनी यतीबेला जनताको घर दैलोमा हुनुहुन्छ । एमालेका घरदैलो तथा कोणसभामा सयौंको संख्यामा उपस्थित भएर उम्मेदबारको हौसला प्रदान गरिरहनु भएको छ ।