मतदाताले भने ‘हामीले खोजेको लम्साल जस्तै प्रष्ट नेता हो’

काभ्रे । काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा १ का लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार लक्ष्मण लम्साललाई पाँचखाल नगरपालिका वडा नम्बर १० का मतदाताले हार्दिकता पूर्वक स्वागत गरेका छन ।

उनीहरुले पाँच बर्षे कार्यकालमा लम्साल आफ्नो वडामा विकास निर्माणको उचित काम गरेको भन्दै प्रष्ट नेताको रुपमा लम्सालले भूमिका निर्वाह गरेको बताए । लम्सालसंगै वडा नम्बर १० मा समानुपातिक उम्मेदवार रुकु चौलागाईँ र लक्ष्मी दनुवार, नेपाली कांग्रेस नेता सुन्दरमणी आचार्य, प्रदेश क्षेत्रीय सभापति हेम तामाङ, नगरसभापति सञ्जय लामा, माओवादी केन्द्रको नगरकमिटी अध्यक्ष मणिराज दाहाल र नेकपा (एकीकृत समाजवादी) का नगरकमिटी अध्यक्ष रविन्द्र सिपखानको उपस्थिती रहेको थियो ।

लम्सालको पहलमा वडा नम्बर १० मा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएर स्थानीयले सेवा लिइरहेका छन् । दाहालडाँडामा खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । त्यस्तै सडक पिच र स्तरोन्नतीको काम समेत लम्सालको पहलमा भएका छन् ।

मतदाताले जुन तारा खसालिदिन्छु भनेर गफ दिने नेता भन्दा जनताको दैनिक समस्या समाधान गर्ने नेताको आवश्यकता रहेको बताए । ‘अघिल्लो निर्वाचनमा जुनतारा खसालिदिनेसम्मको कुरा गर्ने नेता आए । तर जनताको समस्या समाधान गर्न भने उनको कुनै ध्यान गएर । प्रदेश सांसद हुँदा लम्सालले सक्ने जति काम गरेको छ । हामीलाई प्रष्ट नेता चाहिन्छ । अहिलेसम्म लम्सालले कुनै योजनामा बदमासि गरेको सुनेका छैनौँ । मतदाताले भने ।’

मतदातासँग लम्सालले अब पनि कुनै विभेद नगरि विकास निर्माणको काम गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘यो वडामा मैले सक्ने जति विकासको काम गरेको छु । अबको दिनमा पनि कोही कसैलाई विभेद नहुने गरी विकासको काम तपाईहरुसँगै छलफल गरेर अघि बढाउने छु । यसमा कुनै शंका छैन । लम्सालले भने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस