सोमबार, बैशाख ०७, २०८३
संविधान रक्षाकाे लागि गठबन्धनकाे जीत : लाल्ध्वज

काभ्रे । लाेकतान्त्रिक बाम-गठबन्धन काभ्रेको क्षेत्र नम्बर १ काे चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सुर्यमान दाेङ (लालध्वज) ले संविधानकाे रक्षाका लागि गठबन्धनकाे जीत अनिवार्य रहेकाे बताएका छन् ।

लाेकतान्त्रिक बाम गठबन्धनले काभ्रेको क्षेत्र नम्बर १ मा चुनाबी कार्यक्रम तिब्र बनाएकाे छ । आईतबार पनाैतिबाट सुरु भएकाे चुनाबि अभियान अझै तिब्र बनाईने गठबन्धनका नेताहरुले जनाएका छन् ।

घर दैलाे तथा चुनाबी सभामा व्यस्त उम्मेदवारहरुलाई बिजयी भए पछी घाेषणापत्र र प्रतिबद्धता जनाएका काम पुरा गर्न मतदाताहरुले सुझाव समेत दिएका छन् । आइतबार पनाैति नगरपालिमरका वडा नम्बर ७ मा भएकाे चुनाबीस भामा बाेल्दै काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार सुर्यमान दाेङ (लालध्वज)ले याे निर्वाचन संविधान मास्ने र बचाउने बिचकाे लडाई भएकाले संविधानकाे रक्षाका लागि गठबन्धनकाे जीत अनिवार्य रहेकाे बताए ।

दाेङले चुनाव पछी काभ्रेकाे व्यवस्थित र दिगाे विकासकाे युग सुरु हुने बताए । चुनाबी सभामा बाेल्दै काभ्रे प्रदेश सभा १ ख का उम्मेदवार तिर्थ लामाले गठबन्धनकाे विजय पछी काभ्रेमा विकास निर्माणले गति लिने प्रतिबद्धता जनाए ।

संविधान रक्षाका लागि हामी एक भएर आगामी हुने निर्वाचनमा आएको बताउदै लामाले आम मतदाता हरुलाइ गठबन्धन को मतदान गर्न अनुरोध गरे । आइतबार गठबन्धन दलका उम्मेदवार हरुले पनौती नगरपालिका वडा न ७, ८ र ९ मा भेटघाट कार्यक्रम गरिएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय