‘टेपवालालाई किन भोट दिने ?’ : नेता सापकोटा
काभ्रे । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य कृष्ण प्रसाद सापकोटाले टेपवालालाई भोट दिँदा भ्रष्टचारले थप प्रसय पाउने बताएका छन ।
पाँचखाल नगरपालिकाको वडा नम्बर १ स्थित घुमाउनेचौरमा लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले गोकुल बास्कोटाको नाम नलिँदै ७० करोडको डिल गर्ने ब्यक्तिहरुलाई भोट दिँदा सुशासन थप कमजोर हुने बताए ।
नेता सापकोटाले प्रतिनिधि सभा २ का उम्मेदवार शिव प्रसाद हुमागाई र प्रदेश सभाका उम्मेदवार लक्ष्मण लम्सालले अहिलेसम्म कुनै अनैतिक काम नगरेको भन्दै निर्धक्क भएर भोट दिन मतदातासँग आग्रह गरे । ‘जसले आर्थिक लेनदेन गरेको छ । त्यस्ता ब्यक्तिलाई भोट दिएर सुशासन हुँदैन । म उम्मेदवार होइन । तर गठबन्धनबाट अहिलेसम्म अनैतिक काम नगरेका उम्मेदवारको पक्षमा भोट माग्न तपाईहरुसँग आएको हुँ । शिव र लक्ष्मण दुबै एक पटक जनताको सेवा गरिसकेका ब्यक्ति हुन । कुनै छलकपट गरेका छैनन् । सापकोटाले भने ।’
नेता सापकोटाले २०७४ साल मंसिर ४ गते भएको संघ र प्रदेश निर्वाचनमा एमालेले तय गरेको घोषणा पत्र देखाउँदै घोषणा पत्रमा उल्लेख गरिएका कति काम सुरु भयो र कति सकियो भनेर ? प्रश्न सोध्न मतदातालाई अपिल गरे ।
एमाले घोषणामा रसायनिक मल कारखाना स्थापना गर्ने कुरा उल्लेख गरेको भन्दै नेता सापकोटाले अहिले मल हाहाकार भएपछि गठबन्धनको सरकारलाई दोष दिनुको कुनै अर्थ नरहेको स्पष्ट पारे । ‘घोषणा पत्रको बुँदा नम्बर ६ मा रसायनिक मल कारखाना खोल्ने भनेर लेखिएको छ । केपी ओलीको सरकारको पालामा रसायनिक मल कारखाना खोल्न के, कति काम भयो भनेर प्रश्न सोध्नुहोस् । अहिले गठबन्धनको सरकारले मल हाहाकार बनायो भनेर उनीहरु आफै हल्ला गरेर हिडेका छन् । यसको कुनै तुक छैन । नेता सापकोटाले बह्ने ।’