विकासको खाका लिएर आएका छाैँ : लालध्वज

काभ्रे । नेकपा माओवादी केन्द्रका काभ्रे जिल्ला इन्चार्ज एवं काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ का वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार सुर्यमान दोङ लालध्वजले जनताको आवश्यकता र चाहना समाधानमा आफूहरुको मुख्य ध्यान रहने बताएका छन् ।

काभ्रेको नमोबुद्ध ०७ को चुनावी अभियानलाई सम्बोधन गर्दै उनले भने, ‘जनताको सपना, आकांक्षा, चाहना र आवश्यकतालाई हामीले बुझेका छौँ, जनताको समस्या समाधान गर्ने र सम्बोधन गर्नेमा हाम्रो मुख्य ध्यान रहनेछ ।’

उनले विकास निर्माणको खाका लिएर आफूहरु जनताको बीचमा आएको बताउँदै आफुहरुले जनताको बीचमा गएर विकास निर्माणको खाका निर्माणबारे थप छलफल गर्ने पनि बताए ।

कार्यक्रममा उनले काभ्रेली जनताको इमानमा कहिल्यै आँच नआउनेगरी कालो धब्बा नलाग्नेगरी आफूहरुले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले देशमा संकट आउनेबेला जहिल्यै पनि कांग्रेस माओवादी एक भएको इतिहास समेत सम्झाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस