आइतबार, जेठ २४, २०८३
एमाले धुलिखेल सहइन्चार्जले पार्टी छोडे, केन्द्रिय सदस्य सहित ४० जना माओवादी केन्द्रमा

काभ्रे । एमाले धुलिखेल नगर सहइन्चार्ज एसाबहादुर तामाङले पार्टी परित्याग गरेका छन् ।

पार्टीमा बढदै गएको व्यक्तिवादी प्रवृत्तिको बिरोध गर्दै तामाङ, रास्टृय युवा संघ केन्द्रिय सदस्य रहेका एमाले खानिखोला गाउँपालिका उपसचिव बिरेन्द्र लामा (निमा) सहित ४० भन्दा बढी एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

युवा संघ नेपालका प्रदेश कमिटी सदस्य बिजय लामा, जिल्ला कमिटी सदस्य बुद्ध लामा, जगत भोलन, एमाले निकट खेलकुद महासङ्घ जिल्ला सदस्य दिपक गोले एमाले प्रबेश गरेका थिए ।

एमाले र माओवादी केन्द्र एक भएर बनेर नेकपा पछि फुटेपछि एमालेमा नै रहेका उनिहरुले एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको भन्दा लोकतान्त्रिक-बाम गठबन्धनलाई सहयोग गर्ने गरि पुरानै पार्टीमा फर्केको एसाले बताए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय