काभ्रेमा आठ जिल्ला सुरक्षा समितिका पदाधिकारीको बैठक
काभ्रे । जिल्लामा आठ वटा जिल्ला सुरक्षा समितिका पदाधिकारीको बैठक बसेको छ ।
आज (मगलबार) धुलिखेलमा बसेको बैठकले निर्वाचन केन्द्रित छलफल गरेको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी अमर दिप सुनुवारले जानकारी दिए । अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा काभ्रे जिल्लासँग सिमाना जोडिएका जिल्ला सुरक्षा समितिका पदाधारी सहभागि थिए ।
बैठकमा काभ्रे सहित सिन्धुपाल्चोक, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, काठमाण्डौ र ललितपुर जिल्ला प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका जिल्ला स्थित प्रमुख सहभागि भएका थिए ।
समन्वय बैठकले आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन एक अर्को जिल्लाबीच सहकार्य र समन्वय गर्ने निष्कर्ष निकालेको छ । बैठकमा सडक सुरक्षा, विपद् ब्यवस्थापनमा सहकार्य लगायतका विषयमा पछि छलफल भएको छ ।