सोमबार, बैशाख ०७, २०८३
‘भ्रष्टचारको दाग पखाल्न र काभ्रेको समृद्धिको लागि मेरो उम्मेदवारी’ : हुमागाई

काभ्रे । काभ्रे प्रतिनिधि सभा निर्वाच क्षेत्र नम्बर २ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार शिव प्रसाद हुमागाईले आफ्नो उम्मेदवारी यो क्षेत्र र सिँगो काभ्रेली माथि लागेको भ्रष्टचारको दाग फखाल्न र काभ्रेको समृद्धिको लागि रहेको बताएका छन् ।

बुधबार धुलिखेल नगरपालिका वडा नम्बर २ रविओपीको कोणसभामा बोल्दै हुमागाईले यस्तो बताएका हुन् । यो निर्वाचनमा आफु हारेपनि इज्जत नजाने भन्दै, यो क्षेत्रका मतदाता माथि भने प्रश्न चिन्ह लाग्ने बताए । ‘मैले हारे भने मेरो इज्जत जाने होइन, यो क्षेत्रको मतदाता माथि प्रश्न चिन्ह लाग्ने छ । मेरो उम्मेदवारी तपाईहरुको मुहारमा लागेको दाग मेटाउन र धुनका लागि हो ।’

हुमागाईले आफु इनक्लब जिन्दावाद भन्दै हुर्किएको भन्दै काभ्रेली माटोको बदनाम हुने कुनै पनि काम गर्ने प्रतिबद्धता जनाए । ‘यो चुनाव सत्यको पक्षमा हो की, असत्यको पक्षमा हो ? यो एउटा धर्म युद्ध पनि हो । बुझ्नु होला ।’ उनले भने, ‘राजनीति गर्नेहरुले चेतना भया । म जेलनेल ब्यहोरेर आएको नेता हुँ । ढाट्न र छल्न आउँदैन् । मतदाता माथि बेइमानी गर्दिन ।’

हुमागाईले २०५६ सालमा निर्वाचनमा होमिदै गर्दा काभ्रेको इतिहासमै पहिलो पटक चुनाव विकासका लागि पनि हुनुपर्छ भनेर बहस चलाउने ब्यक्ति आफु भएको जिकीर गर्नुभयो । ‘चुनाव केबल जित्नका लागि मात्रै हुने गरेको प्रचलन थियो । तर मैले त्यो कुरालाई ब्रेक गरेँ ।’ हुमागाईंले भने, ‘विकासका लागि निर्वाचन हुनुपर्छ भनेर २०५६ सालमा मैले सुरुवात गरेँ । मतदाताको घर घरमा प्रतिबद्धता पठाएको थिए । आफ्नो कार्यकालमा प्रतिबद्धताको ८० प्रतिशत काम गरेँ ।’

सिफारिस

ताजा समाचार

लोकप्रिय