स्वतन्त्र उम्मेदवार घर्तीले तीर्थ लामालाई सघाउने

काभ्रे । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर- १ को प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका दुर्गाबहादुर घर्तीले लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका तीर्थ लामालाई सघाउने भएका छन् ।

आइतबार उनले आफ्नो उम्मेदवारी निश्कृय रहेको घोषणा गर्दै लामालाई सघाउने बताएका हुन । काभ्रेको खानीखोला–२ फलामेटारमा भएको कार्यक्रममा घर्तीले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका हुन् ।

घर्तीले सो क्षेत्रको विकास, सम्बृद्धिका लागि तीर्थ लामा र गठबन्धनको जित आवश्यक रहेको महसुस गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेको बताए ।

संविधान बनाउन योगदान गरेका, काभ्रेको भुगोल बुझेका, विकासलाई हरेक वस्तीसँग जोड्न सक्ने विकासप्रेमी, युवामाझ लोकप्रिय, काभ्रे काँग्रेसका सभापति रहेका लामा विजयी भए आफ्नो क्षेत्रको विकास हुने भएकोले आफूले समर्थन गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस