काभ्रे २ (१) मा लक्ष्मण लम्साललाई गठबन्धनको साथ, चुनावी प्रचारमा तिव्रता

काभ्रे । नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेश सभा उम्मेदवार लक्ष्मण लम्साल आसन्न मंसिर ४ को निर्वाचनका लागि मत माग्न जनताको घर घरमा पुगिरहनु भएको छ। साथै चुनावी प्रचार प्रसारले तिव्रता पाएको छ । आफ्नो निर्वाचन क्षेत्र प्रतिनिधी सभा काभ्रे २ (१) मा मतदातासंग भेला, छलफल र अन्तरक्रियामा व्यस्त छन । नेता लम्सालले गएको ५ वर्षमा आफुले गरेका विकास निर्माणकार्यको विषयमा जनतालाई बुझाई रहेका छन ।

तिनवटा नगरपालिका र १ गाउँपालिका रहेको निर्वाचन क्षेत्रमा ३६ वडा छन । जसमध्ये भुम्लुका १० वडा , पाँचखाल नगरपालिकाको १३ वडा , धुलिखेल ६ र मण्डनदेउपुर ७ बटा वडा पर्दछ । भुम्लुबाट अभियान सुरु गर्नु भएका लम्सालले दिर्धकालिन विकास निर्माणको काम गरेर जनता माझ चर्चा बटुल्नु भएको छ ।

२०७४ को निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार भएका लम्सालको साथमा ७४ सालमा नेपाली काङ्ग्रेसबाट उनैका प्रतिस्पर्धि सुन्दर मणि आचार्य थिए । साथै माओवादी केन्द्रको पनि पहिलाको भन्दा राम्रो सहयोग रहेको छ । नेता लम्साललाई प्रतिनिधि सभा काभ्रे काङ्ग्रेसका प्रभाबशालि नेता शिव प्रसाद हुमागाईको पुर्ण साथ र समर्थन छ । हुमागाई बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन । उनी जुन ठाउमा पुग्दा पनि कलमलाई भोट हाल्न कार्यकर्तालाई अपिल गरिरहेका छन ।

उम्मेदवार लम्सालले भुम्लुका भेग बस्तिहरुमा समान रुपले विकासलाई विकेन्द्रीकरण गरेका छन । उनकै पहल कदमिमा दोलालघाट सापिङ – सिम्थलिबाटो पिच भइरहेको छ । यो बाटो वर्षै अधिदेखि सुरु भए पनि निरन्तरता पाएको थिएन । प्रदेश सरकारको योजनामा दोलालघाट चौवास सडक पिच हुदै छ । अन्य पालिकामा पनि सालबसालि, आबधिक र बहुबर्षिय योजनाहरुले निरन्तरता पाईरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस