काभ्रे । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् काभ्रे क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुर्यमान दोङ लालध्वजले रेशम लामाले सिमकार्डको कुरा लिएर आउँदा आफुले विकास र समृद्धिको एजेन्डा बोकेर जनताको बीचमा आएको बताएको छ ।
वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट महाभारत ०७ मा आयोजना गरेको कोणसभालाई सम्बोधन गर्ने क्रममा दोङले नेकपा एमालेका प्रतिनिधिसभाका उम्मेदवार रेशम लामाले आफ्नो व्यक्तिगत सिमकार्डको विषयलाई प्रमुख एजेण्डा लिएर जनताको बीचमा आउँदा आफु भने आफ्नो निर्वाचन क्षेत्र कसरी विकसित र समृद्धि बनाउने विषयमा साझा कार्यक्रम लिएर आएको बताएका हुन् ।
उनले भने ‘रेशमजीले मेरो व्यक्तिगत सिमकार्डको विषय कुरा ल्याएर ठुलै काम गरेको जसरी चोक चोकबाट बोल्दै हिडेको पाए तर त्यसले उनी कति व्यक्तिवादी चरित्रको मानिस हुन् भनेर छर्लङ्ग भएको छ, मैले पनि व्यक्तिगत कुराहरू गर्ने हो भने रेशमको विषयमा धेरै कुरा जानकारी छ तर म राजनीतिक मान्छे हुँ, गैरराजनीतिक प्राविधिक तर्क गरेर रेशमको स्तरमा झर्न चाहान्न, मेरो उम्मेदवारी समुन्नत र विकसित काभ्रे बनाउन हो, मलाई अरु फाल्तु कुराको पछि लाग्नु छैन ।’
त्यसैगरि उनले लालध्वज बोलेका प्रतिबद्धता पूरा गर्ने बानी भएको व्यक्ति भएको बताउँदै आफुले गर्ने सक्ने कुरा मात्रै एजेन्डाको रुपमा अगाडि सारेको बताए । उनले थप ‘एमालेहरु आफ्नो कार्यकालमा काम नगरी अरुको चियोचर्चा गर्ने, विपक्षीलाई तथानाम बोल्ने अनि अरुले गरेको सबै काम एमालेले गरेको भन्ने चलन छ तर हामी काम गर्छौ, विकास गर्छौ, हामीलाई फगन् प्रचार चाहिँदैन ।’
उनले कांग्रेस र माओवादी मुलुकमा संकट आउँदा सधैँ सँगै भएको इतिहास रहेको समेत बताए ।




















