काभ्रे कांग्रेस एक ढिक्का छ : मधु आचार्य
काभ्रे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु प्रसाद आचार्यले काभ्रेमा कांग्रेस एक ढिक्का रहेको बताएका छन ।
भुम्लु गाउँपालिकाको खुम्बारीमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता आचार्यले यस्तो बताएका हुन । ‘काभ्रे कांग्रेसका कोही पनि नेता कार्यकर्ता भ्रममा नपुर्न होला । गठबन्धनको उम्मेदवारलाई विजयी गराउनुको कुनै विकल्प छैन । हामी साझा उद्देश्यका साथ निर्वाचनमा आएका छौँ । आचार्यले भने ।’
गठबन्धनको पक्षमा परिणाम ल्याउने गरी खट्न पार्टीको केन्द्रीय सदस्य तथा बागमती प्रदेश निर्वाचन परिचालन समिति सहसंयोजकको तर्फबाट नेता आचार्यले निर्देशन दिए । ‘तपाईहरु घर घर जानुहोस् । गठबन्धनको पक्षमा माहोल सिर्जना गर्नुहोस् । मतदान गर्न बाँकी दिन आफ्नो पक्षमा परिणाम आउने गरि लाग्नुहोस् ।’
नेता आचार्यले राम्रो काम जसको नेतृत्वमा भएपनि स्वीकार गरेर अघि बढ्नु पर्नेमा जोड दिए । ‘हामीले राम्रो काम गर्नेलाई समर्थन गर्नुपर्छ । जसको पालामा भएपनि राम्रो र अधुरा कामलाई निर्वाचित भएर आउने सबैले आत्मासाथ गरेर अघि बढ्दा दीगो विकासमा समेत टेवा पुग्छ । योजना निर्माणमा सहयोग पुग्छ । गाउँको विकास छिटो हुन्छ । सजिलो हुन्छ । आचार्यले भने ।’