स्वतन्त्र उम्मेदवार कँडेलले लोकतान्त्रिक-बाम गठबन्धनलाई सघाउने

काभ्रे । काभ्रे क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका माधवप्रसाद कँडेलले लोकतान्त्रिक–बाम गठबन्धनलाई सघाउने घोषणा गरेका छन्।

गठबन्धनले कात्तिकेदेउरालीमा गरेको चुनावी सभामा बोल्दै उनले गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्ययमान दोङ (लालध्वज) र गठबन्धनका उम्मेदवारलाई सघाउने घोषणा गरेका हुन्।

स्वतन्त्र उम्मेदवारका रुपमा आफ्नो चुनावी एजेन्डा र प्रतिवद्धता गठबन्धनका उम्मेदवारले पुरा गर्ने प्रतिवद्धता जनाएकोले उम्मेदवारी निष्कृय पार्दै गठबन्धनलाई सघाउने निर्णय गरेको उनले बताए।

विकास र समृद्धि नै आफ्नो एजेन्डा भएको भन्दै उनले त्यसको लागि लोकतान्त्रिक–बाम गठबन्धनलाई जिताउन आवश्यक रहेको बताए । राजधानीबाट नजिक भएपनि काभ्रे क्षेत्र नंं १ विकासमा पछि परेको भन्दै सो क्षेत्रको विकास लागि आफूले उम्मेदवारी दिएको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस