काभ्रेमा घरदैलो कार्यक्रम तीव्र, जनतालाई आश्वासन बाँड्दै उम्मेदवार

काभ्रे । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि काभ्रेमा राजनीतिक दलले घरदैलो कार्यक्रम ब्यस्त भएका छन ।

प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितको गठबन्धन, नेकपा एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी तथा अन्य स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । प्रचारप्रसारलाई तीव्रता दिँदै उम्मेदवार, नेता तथा कार्यकर्ता मतदाताको घरदैलोमा पुगेर आ–आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्दै मत मागिरहेका छन ।

काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को तर्फबाट नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) समेतको गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्रको उम्मेदवार सूर्यमान दोङ, नेकपा एमालेको तर्फबाट रेशम लामा, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बसुनारायण श्रेष्ठ लगाएत अन्य उम्मेदवार चुनावी मैदानमा उभिएका छन ।

त्यस्तै काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को तर्फबाट एमालेबाट गोकुल बास्कोटा, लोकतान्त्रिक बाम गठबन्धनबाट शिव प्रसाद हुमगाई, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट दिनेश हुमागाई लगाएतको उम्मेदवार रहेको छ ।

 

घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै प्रतिनिधिसभाका उम्मेदवारको साथमा प्रदेशसभा सदस्य उम्मेदवारले पनि एक साथ घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन । आ–आफ्ना पक्षमा मत माग्दै घरदैलो कार्यक्रममा सरिक हुने प्रदेशसभा उम्मेदवार सदस्यमा काभ्रे–१ को प्रदेशसभा ‘क’ मा नेकपा माओवादी केन्द्रका रत्नप्रसाद ढकाल, नेकपा एमालेको दिलबहादुर (दिलीप) तामाङ र काभ्रे–१ को प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका तीर्थबहादुर लामा, नेकपा एमालेका चन्द्रबहादुर लामा रहेका छन ।

त्यस्तै काभ्रे–२ को प्रदेशसभा ‘क’ मा नेकपा (एकीकृत समाजवादी) को लक्ष्मण लम्साल, नेकपा एमालेको कुमार खकुरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीको रन्जिब श्रेष्ठ र काभ्रे–२ को प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका कन्चनचन्द्र बादे, नेकपा एमालेका कुमार थापा लगाएतको उम्मेदवार रहेका छन ।

सबै उम्मेदवारले समग्रमा गाउँको विकास गरी जनतालाई सुख सुविधा पुर्याउने छु भन्ने नै उद्योष रहेको छ । प्रमुखरूपमा स्वास्थ्य, शिक्षालाई आधुनिकीकरण, रोजगारजस्ता विविध कामको कार्यान्वयन गर्ने उम्मेदवारले घोषणा गर्दै आएका छन । खुलारूपको आमसभा भन्दा घरदैलो कार्यक्रम मार्फत गाउँटोलको प्रत्येक घरघरमा पुगी भेटघाटको माध्यमबाट हात जोड्दा मतदाता र उम्मेदवार दुवैको मन प्रफुल्लित हुँदै गएको दलका नेताले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस