म जनताको उम्मेदवार हुँ, प्रतिपक्षीको फाइल पनि बोकेर हिड्छु : सुर्यमान दोङ (लालध्वज)

काभ्रे । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् वाम लोकतान्त्रिक गठबन्धनका काभ्रे क्षेत्र नम्बर १ का साझा उम्मेदवार सुर्यमान दोङ लालध्वजले आफू जनताको साझा उम्मेदवार भएको बताएका छन् ।

चुनावी अभियानको क्रममा तेमाल गाउँपालिका वडा नं. २ मा सम्बोधन गर्दै उनले आफू जनताको साझा उम्मेदवार भएको बताएका हुन् । चुनावी अभियानका क्रममा जनताको अपार माया पाएको औल्याउँदै उनले भने, ‘म जनताको साझा उम्मेदवार हुँ, जनताको समस्या उठाउने र त्यसको समाधान गर्ने मुल जिम्मेवारी मेरो र हाम्रो गठबन्धनको हुनेछ ।’

उनले जनताको विकास निर्माण र समस्या समाधानका लागि प्रतिपक्षीले उठाएको फाइल पनि आफूले बोक्ने उनको भनाई थियो । ‘जसरी भए पनि जनताको काम हुनुपर्ने हो, जनताको समस्या समाधान हुनुपर्ने हो यदि जनताको समस्या समाधान गर्ने कुनै पनि फाइल प्रतिपक्षीको हातमा छ भने त्यसलाई बोकेर सम्बन्धित कार्यालयमा लैजाने काम पनि मेरो हो, म लैजान्छु, हाम्रो गठबन्धनले लैजान्छ’ उनले भने ।

साथै उनले प्रतिस्पर्धी उम्मेदवार र एमाले नेता कार्यकर्ताहरुले आफुविरुद्ध तल्लो स्तरमा झरेर गाली गलौजमा उत्रिएको विषय आफू थाहा पाएको बताउँदै भने, ‘तपाईहरु संयमित भएर चुनावी अभियानमा लाग्नुहोला, जसको चेतना जति छ, उति नै बोल्ने हो । ‘

उनले भने हाम्रो जित सुनिश्चित छ मात्रै कति अन्तरले जित्ने भन्ने मात्रै हो तर प्रतिस्पर्धी उम्मेदवारको हार निश्चित भएपछि अराजक भाषण दिदै हिडेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस