रसुवा १(१) मा कांग्रेसका प्रभात तामाङ निर्वाचित
मंगलबार, मंसिर ०६, २०७९ | १६:५५:१५
रसुवा । रसुवा जिल्ला प्रदेश सभा सदस्य क्षेत्र नम्बर १(१) मा नेपाली कांग्रेसका प्रभात तामाङ पुनः विजयी भएका छन् ।
तामाङ ८ हजार १ सय ८६ मतसहित दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार कूलप्रसाद भट्टले ४ हजार ७ सय ७२ मत प्राप्त गरेका छन् । प्रभात तामाङ २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए ।