काभ्रे २ मा कांग्रेसका हुमागाईंकाे अग्रता कायमै, एमालेका बाँस्काेटाले पछ्याउदै

काभ्रे । जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर २ नेपाली कांग्रेसकाे अग्रता कायमै छ ।

अहिलेसम्मकाे मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार शिव हुमागाईंले ७ सय १८ मतसहित अग्रता लिएका छन । उनलाई नेकपा एमालेका उम्मेदवार गाेकुल बाँस्काेटाले ६ हजार ३ सय ५८ मतसहित पछ्याइ रहेका छन । हुमागाईं र बाँस्काेटाबीच ७ सय १८ मतकाे अन्तर रहेकाे छ । हुमागाईंको ७ हजार ७६ मत रहेको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईं १ हजार ४ सय ५४ मतसहित तेस्राे स्थानमा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस