काभ्रे–२ मा हुमागाईंको अग्रता कायमै, बाँस्कोटा पछ्याउँदै
बुधबार, मंसिर ०७, २०७९ | १७:५२:४७
काभ्रे । प्रतिनिधिसभा सदस्यतर्फ काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उमेदवार शिव हुमागाईं निरन्तर अगाडि छन् ।
सोही क्षेत्रबाट निवर्तमान सांसद समेत रहेका नेकपा (एमाले)का उमेदवार गोकुल बाँस्कोटाले उनलाई पछ्याइरहेका छन् ।
हुमागाईंले १५ हजार ३०८ मत पाएका छन् । दोस्रो स्थानमा रहेका बाँस्कोटाले १४ हजार ५४३ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार दिनेश हुमागाईं पाँच हजार ३२३ मतसहित तेस्रो स्थानमा छन् ।