काभ्रेमा गठबन्धनलाई पछि पार्दै एमालेका उम्मेदवार

काभ्रे । जिल्लाको प्रतिनिधि सभाको क्षेत्र नं १ र २ मा नै नेकपा एमाले उम्मेदवारले अग्रता लिएका छन् । हालसम्मको प्राप्त मत परिणाम अनुसार प्रतिनिधि सभाको क्षेत्र नं १ मा एमालेका उम्मेदवार रेशम लामा र क्षेत्र नं २ मा गोकुल प्रसाद बाँस्कोटा अग्र स्थानमा रहेका छन ।

प्राप्त मत परिणाम अनुसार क्षेत्र नं १ मा एमालेका रेशम लामा निकटतम प्रतिद्वन्द्वि माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङसँग १७ सय २९ मतले अघि छन । रेशमले ९ हजार ४ सय ७ मत प्राप्त गर्दा सूर्यमानले ७ हजार ७ सय ५ मत ल्याएका छन ।

यस्तै प्रतिनिधि सभा क्षेत्र नं २ मा एमालेका गोकुल प्रसाद बाँस्कोटा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शिव प्रसाद हुमागाईसँग ७ सय २ मतले अगाडी छन । हालसम्मको प्राप्त मत परिणाम अनुसार बाँस्कोटाले २१ हजार ३ सय ५० मत प्राप्त गरेका छन भने हुँमागाईले २० हजार ४ सय ७८ मत ल्याएका छन ।

काभ्रेको क्षेत्र नं १ मा खसेको कुल मत ८३ हजार ९ सय ३९ मतमध्ये हालसम्म २३ हजार १ सय ७२ मत गणना भएको क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै क्षेत्र नं मा खसेको कुलमत १ लाख ३ हजार ३ सय ९१ मतमध्ये ४६ हजार १ सय ३५ मत गणना भएको क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय