काभ्रे-१ मा रेशम अघीअघी, सूर्यमान पछीपछी
बिहिबार, मंसिर ०८, २०७९ | ८:४२:१६
काभ्रे । जिल्लाको प्रतिनिधि सभाको क्षेत्र नं १ मा नै नेकपा एमाले उम्मेदवारले अग्रता लिएका छन् । हालसम्मको प्राप्त मत परिणाम अनुसार प्रतिनिधि सभाको क्षेत्र नं १ मा एमालेका उम्मेदवार रेशम लामा अग्र स्थानमा रहेका छन ।
प्राप्त मत परिणाम अनुसार क्षेत्र नं १ मा एमालेका रेशम लामा निकटतम प्रतिद्वन्द्वि माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङसँग १७ सय २९ मतले अघि छन । रेशमले ९ हजार ४ सय ७ मत प्राप्त गर्दा सूर्यमानले ७ हजार ७ सय ५ मत ल्याएका छन ।
काभ्रेको क्षेत्र नं १ मा खसेको कुल मत ८३ हजार ९ सय ३९ मतमध्ये हालसम्म २३ हजार १ सय ७२ मत गणना भएको क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।