सिरहा-४ मा जसपाका वीरेन्द्रप्रसाद महतो निर्वाचित

सिरहा । सिरहा क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतो निर्वाचित भएका छन् । जनमत पार्टीका वीरेन्द्रप्रसाद साहलाई पराजित गर्दै महतो निर्वाचित भएका हुन् ।

महतोले निकटतम् प्रतिस्पर्धी साहलाई ७ हजार ८ सय ८ मतान्तरले पराजित गरेका हुन् ।

महतोले २४ हजार १ सय २ मत पाएर विजयी हुँदा साहले १६ हजार २ सय ९४ मत पाए । तेस्रो स्थानमा एकीकृत समाजवादीका धर्मनाथ प्रसाद साहले १४ हजार ६ सय ५३ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस