काभ्रे २ (ख) मा कांग्रेसका कञ्चनचन्द्र बादेको विजयी
शुक्रबार, मंसिर ०९, २०७९ | ९:२४:३१
काभ्रे । प्रदेश सभा अन्तर्गत काभ्रे क्षेत्र नम्बर २(ख) मा नेपालीका कांग्रेसका कञ्चनचन्द्र बादे विजयी भएका छन् ।
बादेले उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कुमार थापालाई ४ हजार ७८ मतले पछि पारेका हुन् । कांग्रेसका बादेले २६ हजार ३५ मत प्राप्त गरेका छन् । यता एमालेका थापाले २१ हजार ९ सय ५७ मत पाएका छन् ।
निर्वाचित बादे नेपाली कांग्रेस वाग्मती प्रदेशका महामन्त्री हुन् । बादेसँगै प्रदेश सभा २(ख) मा ७ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा जिल्लामा खसेको कुल मत १ लाख ८७ हजार ३ सय ३० मतमध्ये प्रदेश २(ख) मा ५५ हजार ६ सय ८० मत खसेको थियो ।