काभ्रेमा राष्ट्रिय दल कसले कति मत पाए ?
काभ्रे । काभ्रेमा समानुपातिकतर्फ नेकपा (एमाले) पहिलो दल बनेको छ। काभ्रेका २ प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा समानुपातिकतर्फ एमाले पहिलो दल बनेको हो।
काभ्रेमा पहिलो दल बनेको एमालेले संघ र प्रदेश गरी समानुपातिकमा १,२३,६५७ मत ल्याएको छ। दोस्रो नेपाली कांग्रेसले १,००,४३३ मत पाउँदा नेकपा माओवादी केन्द्रले ५१,५९८, राष्ट्रिय प्रजातन्त्र पार्टीले १८,९५४ मत र नेकपा एकीकृत समाजवादीले १७,९४६ मत पाएका छन्। एमालेले पाएको मत कांग्रेसको भन्दा २३,२२४ बढी हो।
प्रतिनिधिसभातर्फ एमालेले ५८,७८४ मत पाएको छ। नेपाली कांग्रेस ४८,३११ मत पाएर दोस्रो भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी २६,६१८ मत पाएर तेस्रो स्थानमा छ भने नेकपा माओवादी केन्द्र २५,२६१ मतका साथ चौथो स्थानमा छ। नेकपा एकीकृत समाजवादी पार्टीले ८,०९८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीले ६,२२१ मत पाए।
यस्तै प्रदेश सभातर्फ एमालेले ६४,८७२ मत पाएर प्रदेशमा पनि अग्रस्थान कायम गरेको छ। कांग्रेसले ५२,१२२ मत, माओवादी केन्द्रले २६,३३७ मत, राप्रपाले १२,७३३ मत र एकीकृत समाजवादीले ९,८४८ पाएको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ।
काभ्रेमा क्रियाशील सबै दलले प्रतिनिधिसभाभन्दा प्रदेशसभामा धेरै मत ल्याएका छन्। अरू साना दलले पाएको मत भने १ हजारभन्दा कम छ। रास्वपाले भने प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिक दुवैमा भाग लिएको थिएन।