मानव अधिकार सञ्जालको संयोजकमा भोजराज तिमल्सिना
शनिबार, मंसिर १७, २०७९ | २०:१४:३९

काभ्रे । काभ्रेमा कार्यरत मानवअधिकार सम्बन्धी संघ संस्थाहरुको सञ्जालमा भोजराज तिमल्सिना संयोजक बनेका छन ।
शनिवार काभ्रेको धुलिखेलमा भएको भेलाले संयोजकमा तिमल्सिना बनेका हुन । तिमल्सिना नेपाल पत्रकार महासंघ काभ्रेका दुई कार्यकाल अध्यक्ष समेत भएका हुन ।
समितिको सचिवमा नेपाल वार एशोशिएशनकी पूर्व अध्यक्ष कृष्णप्यारी नकर्मी चयन भएकी छिन ।
सञ्जालमा मानवअधिकार सम्बन्धी संघ संस्था रेडक्रस, पत्रकार, वकिल, प्राध्यापक, एकल महिला , दलित, अपाङ्ग, गैससलगायत २३ वटा सस्थाका प्रतिनिधि रहेका छन । सञ्जाल गठनपछि जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले शुभकामना दिएका थिए ।