तेमालको दुई विद्यालयमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

काभ्रे । जिल्लाको तेमाल गाउँपालिकाको दुई वटा विद्यालयमा विद्यार्थीहरुलाई न्यानो कपडा (स्विटर) वितरण गरिएको छ ।

एक कार्यक्रमको बिच तेमाल वडा नम्बर १ को जनचेतना मावि र वडा नम्बर २ को सर्वोद्धार मावि का विद्यार्थीहरुलाई जाडोको न्यानो कपडा (स्विटर) वितरण गरिएको हो ।

सर्वोद्वार माविमा बाल कक्षा देखि कक्षा १० सम्म र जनचेतना माविमा बाल कक्षा देखि कक्षा १२ सम्मका आ– आफ्नो विद्यालयमा स्विटर वितरण गरिएको सर्वोद्वार मावि विद्यालयका प्रधानाध्यापक ज्ञान्जामान तामाङले जानकारी दिए ।

तेमाल गाउँपालिकाका उपाध्यक्ष डिएम थोकरको प्रमुख आतिथ्यतामा संस्थाकि अध्यक्ष पासाङ डोल्मा लामाले विद्यार्थीहरुलाई स्विटर वितरण गरेकी हुन् । कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष देव लामा, अभिभावक, शिक्षकवर्ग,वडाबासी लगायतको उपस्थिति थियो । कार्यक्रम उर्मती एशोसियसनको सहयोगार्थ र सर्वोद्वार मावि र जनचेतना माविको आयोजनामा भएको हो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय