काभ्रे । नेकपा माओवादी निकट अखिल नेपाल होटेल क्यासिनो तथा रेस्टुराँ मजदुर संघ मिरावेल मुल इकाई कमिटीको भेला सम्पन्न भएको छ ।
वीर बल गिरिको सभाध्यक्षता र नेकपा माओवादी केन्द्र बागमती प्रदेश समिति सदस्य तथा अखिल नेपाल टृेड युनियन महासंघ काभ्रे जिल्ला संयोजक होम बहादुर खुलालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
त्यसैगरी अतिथिहरुमा अखिल नेपाल होटेल क्यासिनो तथा रेस्टुराँ मजदुर संघको केन्द्रिय वरिष्ठ उपाध्यक्ष मिलन मल्ल,संघकै केन्द्रिय उपाध्यक्ष सुशील राजभण्डारी, जिल्ला अध्यक्ष रामगोपाल भुजेल, र जिल्ला उपाध्यक्ष आकाश तामाङ रहेका थिए ।
उक्त भेलाले श्रीकृष्ण सापकोटाको अध्यक्षतामा ९ सदस्यीय मिरावेल मुल इकाई कमिटी गठन गरेको छ । उपाध्यक्षद्योय इन्दिरा पोखरेल र संजय न्यौपाने, सचीव अरुण गौतम, कोषध्यक्ष जानुका पोखरेल, सदस्यहरु क्रमशः सबिना थापा, गोपाल तामाङ, अदिप खड्का, कबिन्द्र धिताल रहेका छन् ।
त्यसैगरी बिर बल गिरि लाई इन्चार्ज रहने गरि कमिटी गठन गरिएको छ । धुलिखेलमा भएको प्राय सबै होटेलहरुमा भेला गर्ने तयारी गरेको संघको जिल्ला अध्यक्ष रामगोपाल भुजेलले तेमाल अनलाइन लाई जानकारी दिएका छन् ।




















