गठबन्धनलाई निरन्तरता दिने सत्तारुढ दलको निष्कर्ष

काठमाडौं । सत्तारुढ गठबन्धनका चार दलले निर्वाचनको जनादेशअनुसार गठबन्धनलाई निरन्तरता दिने निष्कर्ष निकालेका छन् ।

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले गठबन्धनको आवश्यकता र सान्दर्भिकता पुष्टि गरेको भन्दै सत्तारुढ गठबन्धनले निश्कर्ष निकालेका हुन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले गठबन्धनको सान्दर्भिकता पुष्टि भएको निश्कर्ष निकालेको हो ।

‘हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको छ । मुलुकका सामु विद्यमान चुनौतीहरुको सामाना गर्नु पर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ’ कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस