मंगलबार, बैशाख १५, २०८३
‘मेट्रोसिटी’ योजना अलपत्र

काठमाडौं । उपत्यकालाई व्यवस्थित सहर निर्माण गर्दै एकीकृत विकासका लागि उपत्यका राजधानी सहर (मेट्रोसिटी) निर्माण गर्ने योजनाको सात वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन ।

साबिक स्थानीय तह पुनर्संरचना आयोगले सात वर्षअघि उपत्यकामा भएका १८ वटै पालिकामा एकीकृत विकासका लागि उपत्यकामा मेट्रोसिटी निर्माण गर्न सरकारलाई सुझाव दिएको थियो ।

उपत्यकालाई मेट्रोसिटी निर्माणको प्रक्रिया अगाडि बढाउने जिम्मेवारी उपत्यकास्थित स्थानीय तहका नगरप्रमुखको भए पनि त्यसतर्फ स्थानीय तहका जनप्रतिनिधिको ध्यान जान सकेको छैन ।

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले उपत्यकाको एकीकृत विकासका लागि उपत्यका राजधानी सहर (मेट्रोसिटी) आवश्यक भएको भन्दै त्यसलाई स्थानीय तहका नयाँ जनप्रतिनिधिले अगाडि बढाउने बताए । उनले भने, “उपत्यकाका सबै नगरप्रमुख रहेको उपत्यका मेट्रोपरिषद् निर्माण गरी उपत्यकालाई व्यवस्थित सहर निर्माणका लागि मेट्रोसिटी आवश्यक छ ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय