काभ्रेको बेथानचोक बस दुर्घटना, दर्जनभन्दा बढी घाइते
मंगलबार, मंसिर २७, २०७९ | १९:३८:४७

काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर ४ चलालगणेश स्थानमा बस दुर्घटना भएको छ ।
ढुंखर्कबाट पनौती तर्फ आउँदै गरेको बा ३ ख ४३८५ बस दुर्घटनामा परेको हो । स्थानियको अनुसार दुर्घटनामा कम्तीमा २० जना घाइते भएका छन् । उद्दारको काम भैरहेकाले स्थानियले बताए ।
उद्दारका लागि प्रहरी र स्थानीय घटना स्थलमा सक्रिय छन् । उद्दार गरिएलाई एम्बुलेन्स मार्फत बनेपाको शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पताल ल्याउने काम भैरहेको प्रहरीले जनाएको छ ।
थप विवरण आउन बाँकी छ ।