काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा परी मृत्यु भएका सबैको पहिचान खुलेको छ । बेथानचोक गाउँपालिका–५ च्याल्टीमा ब्रतबन्धमा सहभागी भएर बनेपा नगरपालिका वडा नम्बर ११ सल्ले फर्कदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस गणेशस्थानमा दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा ललितपुर जिल्ला महांकाल गाउँपालिका–६ घर भई हाल पनौती बस्ने बस चालक तेजप्रसाद तिमल्सिना सन्तोष, बनेपा नगरपालिका–११ का कोपिला तामाङ, बनेपा–११ का कुमार तामाङ, बनेपा–११ का पुष्कर तामाङ, बेथानचोक गाउँपालिका–४ का रविन तामाङ, बनेपा–११ की निर्मला तामाङ, बनेपा–११ की मञ्जु तामाङ रहेका छन् ।
यस्तै तेमाल–८ की टिकालक्ष्मी तामाङ,तेमाल–८ का गुरुलक्ष्मण दास घिसिङ, मकवानपुर जिल्ला इन्द्रसरोवर गा.पा–१ की समिक्षा थिङ, बनेपा–११ की हेमा तामाङ, मण्डनदेउपुर नगरपालिका– १ की चेलीमाया तामाङ, बनेपा –११ का आकुर तामाङ, बनेपा–१४ का रामकुमार तामाङ, बनेपा–११ का वुद्ध तामाङ, बनेपा– १४ की गीता श्रेष्ठ र बेथानचोक –५ की मञ्जु तामाङको पनि दुर्घटनामा परि ज्यान गएको छ । शवको पहिचान भए लगत्तै धुलिखेल अस्पतालमा शवको पोस्टमार्टम सकिएको छ । ९ वटा शव आफन्तलाई वुझाइएको अस्पतालले जनाएको छ ।
दुर्घटनामा परि घाइतेभएका मध्ये ५ जनालाई थप उपचारका लागि उपत्यकाका विभिन्न अस्पतालमा रेफर गरिएको छ भने अन्यको धुलिखेल अस्पताल र बनेपामा स्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।



















