काठमाण्डौँ विश्वविद्यालयका १ हजार ६ सय ९५ जना विद्यार्थी दीक्षित

काभ्रे । काठमाण्डौँ विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोहमा १ हजार ६ सय ९५ जना विद्यार्थी दीक्षित भएका छन् ।
प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ फिजिसियन तथा मुटु रोग विषेशज्ञ डा. मृगेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एंव सहकुलपति देबेन्द्र पौडेल पनि उपस्थिति भएका थिए । कार्यक्रममा काठमाण्डौँ विश्व विद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले स्वागत मन्तव्य राखेका थिए छन् ।
दीक्षित हुनेहरूमा आर्ट्स, एजुकेसन, इन्जिनियरिङ ल म्यानेजमेन्ट, मेडिकल साइन्सेस र साइन्स विधाका ८ जना पीएचडी, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका १ हजार ६ सय ६ जना सहित जम्मा १ हजार ६ सय ९५ जना विद्यार्थी रहेका छन् ।
तीमध्ये आर्ट्सका २ सय २० जना,एजुकेसनका २ सय २ जना, इन्जिनियरिङका २६ जना, लका ४० जना, म्यानेजमेन्ट ४ सय ६२ जना, मेडिकल साइन्सेजका ७ सय १२ जना र साइन्सका ३७ जना विद्यार्थी रहेका छन् ।
दीक्षित हुने विद्यार्थीहरुमध्ये पुरुषको प्रतिशत ४३.२० ( ६ सय ३४ जना) र महिलाको प्रतिशत ५६.८० (९ सय ६५ जना) रहेको छ । दीक्षित हुनेहरुमध्ये विदेशी विद्यार्थीहरु १०.९५ प्रतिशत रहेका छन् ।
तीमध्ये अस्ट्रिया क्यानडा, चीन, जर्मनी, भारत, इटाली माल्दिभस, पोर्चुगल, रूस, सिंगापुर, स्पेन, श्रीलंका, ताइवान र संयुक्त राज्य अमेरिका गरी १४ देशका १ सय ८६ जना रहेका छन् ।
कार्यक्रममा काठमाण्डौँ विश्वविद्यालयको इतिहासमा पहिलो पटक Master of Engineering in Sanitation Technology मा ६ जना र Master of Science in Sanitation Techolog मा १ जना गरी जम्मा ७ जनालाई उपाधि प्रदान गरिएको छ।